शनिबार, ८ वैशाख २०८१

बालुवाटार बैठक : भारतसंग नयाँ सम्झौता नगर्न सुझाव

समयपोष्ट २०७४ चैत २१ गते ६:४१

पूर्वप्रधानमन्त्री तथा परराष्ट्रविद्हरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतसंग नयाँ सम्झौता नर्गन सुझाव दिएका छन् । बुधबार प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा पूरानै सम्झौता कार्यान्वयनमा समस्या देखिएको बेला नयाँ सम्झौता गर्न नहुनेमा जोड दिएका हु्न् ।

Advertisement

बैठकमा प्रधानमन्त्री ओलीलाई राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न प्रमलाई सुझाव दिइएको बैठकपछि परराष्ट्र मामिलाका जानकार राजन भट्टराईले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणकालाई सद्भावना भ्रमणका रुपमा लिन आग्रह गर्दै प्राप्त सुझावलाई गम्भीरता पूर्वक लिएको पनि बताए ।

छलफलमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, लोकेन्द्र बहादुर चन्द, मन्त्रिपरिषद्का पूर्व-अध्यक्ष खिलराज रेग्मी ,परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मामिलाका जानकार भेष्बहादुर थापा, निलम्बर आचार्यलगायतको बैठकमा सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री