शुक्रबार, १४ वैशाख २०८१

काठमाडौं फर्कने बितिक्कै गौतमलाई भेट्न पुगे नेपाल

समयपोष्ट २०७८ वैशाख १० गते २०:२९

Advertisement

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल त्रिभुवन विमानस्थलबाट सिधै उपाध्यक्ष वामदेव गौतमलाई भेट्न नक्साल पुगेका छन् ।

शुक्रबार जनकपुरबाट काठमाडौं फर्कने बितिक्कै नेता नेपाल गौतमलाई भेट्न पुगेका हुन् ।

शुक्रबार बिहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले गौतमले आफूसँग छलफल गर्न चाहेको बताएका थिए । केपी ओलीले पार्टी ध्वस्त पार्न लागेको भन्दै गौतमले आफूसँग छलफल गर्न चाहेको नेता नेपालको भनाइ थियो । यही विषयमा छलफल गर्न गौतम र नेपालबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री