शुक्रबार, १६ चैत २०८०

थप २५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

समयपोष्ट २०७८ वैशाख १० गते १७:५८

Advertisement

पछिल्लो २४ घण्टामा थप २५ सय ५९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।

कूल ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ । यसमध्ये ५२ जना आईसीयूमा १७० तथा ५९ जना भेन्टिलेटरमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ४१० जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ७६ हजार ७५५ जना निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री