शुक्रबार, ७ वैशाख २०८१

अर्घाखाँची डिसिएमसीको बैठक सम्पन्न, लकडाउन बारे यस्तो निर्णय

समयपोष्ट २०७८ वैशाख १० गते १७:०२

Advertisement

अशोक खनाल

अर्घाखाँची डिसिएमसीको बैठक सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न बैठकले जिल्लामा तत्काल जिल्लामा लकडाउन नगर्ने निणर्य गरेको छ ।

बैठकले जिल्लाको कुनै स्थानमा संक्रमित भेटिए स्थानीय सरकारको सहयोगमा कोभिडमा अस्पताल तत्काल उपचारको व्यवस्था गर्ने,एन्टिजेन किट स्थानीय पालिका आफैले व्यवस्था गर्ने निणर्य गरेको छ । बैठकले बिद्यालयको बार्षिक परिक्षा बैशाख महिनाभर सम्पन्न गर्ने व्यवस्था मिलाउन शैक्षिक संस्थालाई पहल गर्ने निर्णय समेत गरेको छ ।

बैठकमाप्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझी , राष्ट्रिय सभा सदस्य चन्द बहादुर खड्का , जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा जिल्ला स्थित ६ वटै पालिकाका प्रमुखहरु , स्थानीय पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु , राजनैतिक दलका प्रमुखहरु, नेपाली काङ्ग्रेसका सभापति बिष्णु खनाल मुस्कान, नेकपा माओवादीकी नेतृ छमकुमारी खनाल चिनारी, नेकपा एमालेका नेता जनार्दन खनाल राष्ट्रिय जनमोर्चाका नेता थम्मन केसी लगायतको उपस्थित रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री