मंगलबार, ४ वैशाख २०८१

दमौलीमा एभरेष्ट बैंकको नयाँ शाखा

समयपोष्ट २०७८ वैशाख १० गते १६:३०

Advertisement

तनहुँको सदरमुकाम दमौलीमा एभरेष्ट बैंकको शाखा उद्घाटन गरिएको छ । व्यास नगरपालिका–२ मा विस्तार गरिएको शाखाको आज व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले शुभारम्भ गर्दै बैंकले सहज र सरल सुलभ व्यवसायी तथा सर्वसाधारणलाई सेवा दिन आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले राम्रा योजना छनोट गरेर बैंकले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले कोभिडका कारण अप्ठ्यारोका परेका व्यवसायीलाई राहत दिने खालका योजना ल्याउन आग्रह गर्नुभयो ।

दमौलीमा विस्तार भएको शाखा १०३औँ शाखा हो । छब्बीस वर्ष पहिला स्थापना भएको बैंकको एघार लाख सन्तुष्ट ग्राहक रहेको बैंकका गण्डकी प्रदेश प्रमुख राजु गौलीले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा बैंकका १० वटा शाखा सञ्चालनमा छ । बैंकले घर कर्जा, सौगात बचत खाता, सवारी साधन कर्जा, नारी बचत खाता, शैक्षिक कर्जा लगायतका सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री