शुक्रबार, १६ चैत २०८०

जलवायु शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधन

समयपोष्ट २०७८ वैशाख १० गते १६:१७

Advertisement

प्रधानमन्त्री नरेन्द्र मोदीले यही मिति २०७८ वैशाख ९ गतेका दिन जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्नुभयो । सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले यो दशकलाई जलवायु परिवर्तन न्यूनीकरण उन्मुख दशकका रुपमा अघि बढाउन सबैलाई आह्वान गर्नुभयो । जलवायु परिवर्तनको चुनौतीलाई सामना गर्न सिंगो मानव समुदायले ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री मोदीले भारतले त्यस तर्फ काम गरिरहेको र वर्ष २०३० सम्ममा ४५० गीगावाट नवीकरणीय उर्जा उत्पादन गर्ने लक्ष्य लिएको जानकारी गराउनुभयो । साथै वहाँले सफा उर्जा, उर्जा क्षमता, वृक्षरोपण र जैविक विविधताको क्षेत्रमा भारतले साहसिक कदम चालेको बताउनुभयो ।
प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA), LeadIT and the Coalition for Disaster Resilient Infrastructure जस्ता विश्वव्यापी प्रयासलाई प्रोत्साहन गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री मोदीले र अमेरिकी राष्ट्रपति जो वाइडेनले ‘भारत–अमेरिका जलवायु तथा सफा उर्जा एजेण्डा २०३० साझेदारी’ को शुभारम्भ गर्नुभयो । यस साझेदारीको लक्ष्य लगानीलाई परिचालन गरी प्रविधिलाई सफा एवम् वातावरण मैत्री बनाउनु रहेको छ ।
“हामीले सदियौं देखि अवलम्बन गर्दै आएको दिगो एवम् परम्परागत जीवनशैलीका कारण भारतको प्रति व्यक्ति कार्वन फुटप्रिन्ट ६० प्रतिशत भन्दा कम रहेको छ ।”, प्रधानमन्त्री मोदीले भन्नुभयो । वहाँले जलवायु परिवर्तन न्यूनीकरणमा जीवनशैलीको महत्वबारे चर्चा गर्दै ‘Back to Basics’ को सिद्धन्तलाई पछ्याउन सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री