शुक्रबार, १६ चैत २०८०

गृहमन्त्री थापाको स्थानमा उप-निर्वाचन घोषणा

समयपोष्ट २०७८ वैशाख ९ गते १९:२८

Advertisement

निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त पदका लागि उप-निर्वाचनको मिति घोषणा गरेको छ ।

आयोगले गृहमन्त्री रामबहादुर थापाको स्थानमा राष्ट्रियसभा सदस्य चयनका लागि बिहीबार उप-निर्वाचनको मिति घोषणा गरेको हो ।

सहसचिव एव आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगले उक्त घोषणा अनुसार आजदेखि उपनिर्वाचन तयारी सम्बन्धी कार्य प्रारम्भ गरेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिना भन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐन बमोजिम बाँकी अवधिका लागि उप निर्वाचनद्वारा पूर्ति गरिने कानूनी व्यवस्था छ । सोही बमोजिम सरकारले निर्वाचन आयोगको परामर्शमा उप निर्वाचनको मिति तोकेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री