बिहीबार, १३ वैशाख २०८१

कामना सेवा विकास बैंकको खुद नाफा १७२ प्रतिशतले बढ्यो

समयपोष्ट २०७८ वैशाख ७ गते १४:२०

Advertisement

कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ५८ करोड ६१ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २१ करोड ५४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि खुद नाफा बढ्न टेवा पुगेको हो। समीक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा ५८ लाख ४२ हजार रुपैयाँबाट बढेर ३८ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.७३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९५.०८ प्रतिशत बढेको छ। इम्पेरमेन्ट चार्ज ७६.५५ प्रतिशत घटेसँगै सञ्चालन मुनाफामा उल्लेख्य वृद्धि देखिएको हो।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार भएको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १८ रुपैयाँ १६ पैसा बढेर २९ रुपैयाँ ४७ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात ११.९४ गुणा रहको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ३५ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.३७ प्रतिशतविन्दु घटेको छ भने आधार दर ३.७१ प्रतिशतविन्दु र स्प्रेड ०.३८ प्रतिशतविन्दु घटेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा बैंकको चुक्ता पूँजी ४.४० प्रतिशत बढेको छ भने जगेडा कोष ७७.१६ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको निक्षेप २३.०१ प्रतिशत र कर्जा ४१ प्रतिशत बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री