शनिबार, ८ वैशाख २०८१

माधव समुहका ३२ सांसदलाई स्पष्टीकरणका लागि काटियो पत्र, जवाफ चित्त नबुझे पार्टीबाटै निश्कासन गर्ने तयारी

समयपोष्ट २०७८ वैशाख ७ गते १३:५८

Advertisement

नेकपा एमालेले कारबाहीको सूचीमा रहेका संघीय र प्रदेश सभाका ३२ सांसदलाई स्पष्टीकरणका लागि पत्र काटेको छ ।

माधव नेपाल समूहमा रहेका सांसदहरुलाई इमेल र भाइबरबाट पत्र पठाइएको बताईएको छ ।

पार्टी विरोधी गतिविधि गरिरहेका, समानान्तर कमिटी गठनमा सक्रिय रहेका सांसदहरुलाई पत्र काटिएको बताईएको छ ।

को–को छन् कारबाही सूचीमा ?

१. माधवकुमार नेपाल
२. भीम रावल
३. सुरेन्द्र पाण्डे
४. घनश्याम भुसाल
५. पवित्रा निरौला
६. झपट रावल
७. मेटमणि चौधरी
८. यज्ञराज सुनुवार
९. जीवनराम श्रेष्ठ
१०. झलनाथ खनाल
११. विरोध खतिवडा
१२. सोमप्रसाद पाण्डे
१३. भवानी खापुङ
१४. नारायण खतिवडा
१५. जयकुमार राई
१६. गणेश पहाडी
१७. दिपकप्रकाश भट्ट
१८. योगेश कुमार भट्टराई
१९. हिराचन्द्र केसी
२०. पुष्पाकुमारी कर्ण कायस्थ
२१. कल्याणी खड्का
२२. लक्ष्मीकुमारी चौधरी
२३. सरला कुमारी यादव
२४. कृष्णलाल. महर्जन
२५. नीरादेवी जैरु
२६. मुकुन्द नेउपाने
२७. रामकुमारी झाँक्री

कर्णाली प्रदेशका सांसदहरु
१. प्रकाश ज्वाला
२. नन्दसिंह बुढा
३. कुर्मराज शाही
४. अम्बरबहादुर थापा
५. देवी ओली

माधवकुमार नेपाल, भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेलाई दुईदिनको र अन्य सांसदलाई तीनदिनको स्पष्टीकरणसहितको पत्र पठाइएको बताईएको छ ।
चित बुझ्दो जवाफ नआएमा १० गतेको केन्द्रीय कमिटीको बैठकबाट उनीहरुलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट पनि निश्कासन गर्ने तयारी छ । माधव नेपाल समूहका भनेर चिनिएका नेता गोकर्ण विष्ट कारबाहीको सूचीमा छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री