बुधबार, १२ वैशाख २०८१

लक्ष्मी बैंकको नयाँ वर्ष अफर : ‘अरेन्ज सेभिङ प्लस’ खातामा ४.५५ % वार्षिक ब्याज दर

समयपोष्ट २०७८ वैशाख ७ गते ७:२५

Advertisement

लक्ष्मी बैंकको प्रिमियम बचत खाता अरेञ्ज सेभिंग प्लस एगिकबाट ग्राहकहरूले आकर्षक ब्याज दरको साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्ने भएका छन् ।

बैंकले अरेञ्ज सेभिंग प्लस एगिकबाट ग्राहकहरूले ४.५५ % वार्षिक ब्याज दर उपलब्ध गराउने जनाएको छ । बैंकका अनुसार अरेञ्ज सेभिंग प्लस एगिक खाता भएका ग्राहकले १ लाख सम्मको वार्षिक स्वास्थ्य बिमा, १० लाख सम्मको दुर्घटना मृत्‍यु र अक्षमता बिमा सुविधा पाउन सक्नेछन् ।

यति मात्र नभएर डेबिट, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निःशुल्क जारी गरिनुको साथै बैंकको डेबिट कार्ड नेपाल भरी कुनै पनि ए.टी.एम.मा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता हुने बैंकले जनाएको छ।

अझ नयाँ वर्षको अफर अन्तर्गत वैशाख महिनाभर अरेन्ज सेभिङ प्लस खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रिपेड डलर कार्ड निःशुल्क प्राप्त गर्नेछन् । सो अफर अरेन्ज सेभिङ प्लस वर्तमान ग्राहकहरुको लागि पनि लागू हुने बैंकले जनाएको छ।

यसै गरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुको लागि ल्याइएको विशेष खाता शुभ श्री (लक्ष्मी बचत खाता) मा पनि बैंकले विभिन्न सुविधाका साथमा ४.५% को उच्च ब्याजदर प्रदान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री