बिहीबार, १३ वैशाख २०८१

एनआईबिएल एस क्यापिटल रु रु जलविद्युत परियोजनाको शेयर रजिष्ट्रार नियुक्त

समयपोष्ट २०७८ वैशाख ५ गते १९:२२

Advertisement

रु रु जलविद्युत परियोजनाले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफनो शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

आइतबार रु रु जलविद्युत परियोजना लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडबिच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्झौता भएको छ ।

सम्झौतामा रु रु जलविद्युत परियोजनाका तर्फबाट कम्पनिका अध्यक्ष आशिष सुवेदी तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत, मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गर्नुभएको छ ।

रु रु जलविद्युत परियोजना लिमिटेड, कम्पनी ऐन, २०६३ अन्र्तगत दर्ता भएको कम्पनी हो । यस परियोजनाले मार्च २०१५ बाट विद्युत उत्पादन गर्दै आइरहेको छ ।

रु रु जलविद्युत परियोजना लिमिटेड सहित एनआईबिएल एस क्यापिटल लिमिटेड शेयर रजिष्ट्रार रहेको कम्पनीहरुको सङ्ख्या ४७ पुगेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री