बिहीबार, १३ वैशाख २०८१

बहुमतको सरकारसँग निहु खाज्नुको अर्थ छैन : सभापति देउवा

समयपोष्ट २०७८ वैशाख ५ गते १४:११

Advertisement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकारसँग निहु खाज्नुको अर्थ नरहेको बताएका छन् ।

आइतबार आफ्नो निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति ‘नेपाली जन जातीय संस्कार र संस्कृति’को लोकार्पण गर्दै सभापति देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेसम्म सरकारसँग निहु खाज्नुको अर्थ नरहेको बताए ।

देउवाले भने, ‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिएको छैन । त्यस मानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको बेलामा हामीले निहुँ खाज्ने कुरै आउँदैन, निहुँ खाज्नुको पनि अर्थ रहँदैन ।’

कार्यक्रममा सभापति देउवाले आफु प्रधानमन्त्री पदका लागि लालायित नभएको बताउँदै भने,‘प्रधानमन्त्री पदमा लालायित छैन । तर, नेपाली काँग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि हट्दैनौँ’।

प्रतिक्रिया

सम्बन्धित सामाग्री