बिहीबार, १३ वैशाख २०८१

थापा गृहमन्त्रीमा पुन: नियुक्त

समयपोष्ट २०७८ वैशाख ५ गते १२:२६

Advertisement

गृहमन्त्री राम बहादुर थापा ‘बादल’लाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: नियुक्त गरेका छन् ।

राष्ट्रिय सभा सदस्य पद खारेजीमा परेपछि मन्त्री पदबाटसमेत हटेका थापालाई आजै प्रधानमन्त्री ओलीले पुन: नियुक्त गरेका हुन् । थापाले आइतबार साँझ ५ बजे पुन: गृहमन्त्रीमा शपथ लिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापा माओवादी केन्द्रबाट २०७४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा वागमती प्रदेशबाट निर्वाचित भएका थिए ।

माओवादी केन्द्रको संसदीय दल बैठकले थापाले दल त्याग गरेको भन्दै उनको सांसद पद रिक्त गराइदिने प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई पत्र पठाउने निर्णय गरेको थियो । नेता दीनानाथ शर्माले चैत २७ गते संसद् सचिवालयमा पत्र बुझाएका थिए । संघीय संसद्ले थापाको सांसद पद रिक्त गर्न माग राखी माओवादी केन्द्रले बुझाएको पत्र आइतबार स्वीकृत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री