शुक्रबार, ७ वैशाख २०८१

बिशेष अदालतमा प्रभु बैंक एक्स्टेन्सन काउण्टर सञ्चालनमा

समयपोष्ट २०७८ वैशाख ३ गते १८:४२

Advertisement

प्रभु बैंकले बिशेष अदालत काठमाण्डौेंमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

एक्स्टेन्सन काउण्टरको शुक्रबार बिशेष अदालत काठमाण्डौेंका न्यायाधीश प्रेमराज कार्कीले एक समारोहकाबिच समुद्घाटन गर्नुभयो ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले बिशेष अदालत काठमाण्डौंमा पनि सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित बिशेष अदालतमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र बिशेष अदालतको काम गर्न सहज र सरल हुने बैंकको विश्वास छ । बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटिएम, ५९ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री