बिहीबार, १३ वैशाख २०८१

रु रु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँट

समयपोष्ट २०७८ वैशाख ३ गते १०:३१

Advertisement

रु रु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँट भएको छ।
कम्पनीको आईपीओ ८ हजार ५३५ आवेदन रद्द भएका छन् भने स्वीकृत आवेदनमध्ये न्यूनतम १० कित्ताका दरले ३७ हजार ९१६ जनालाई शेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । ३७ हजार ९१६ जना आवेदकले कम्पनीको १० कित्ता शेयर प्राप्त गरेका छन्।

आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदनबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता शेयर खरिद आवेदन परेको क्यापिटलले जनाएको छ ।

कम्पनीले चैत २० गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो।

कुल निष्काशनमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री