मंगलबार, ६ चैत २०८०

एमाले सांसद रावलको घरमा ढुंगामुढा प्रहार, प्रहरीले उठाएन फोन

समयपोष्ट २०७८ वैशाख २ गते १४:२२

Advertisement

एमाले सांसद बसेको घरमा ढुंगामुढा प्रहार भएको छ ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सांसद झपट रावलले गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई घटनाबारे जानकारी गराएका हुन् ।

शान्तिनगरस्थित घरमा बुधबार राति ५ देखि १० मिनेटको अन्तरालमा पटकपटक ढुंगा प्रहार भएको त्यस पछि पटक पटक १०० मा फोन गरे पनि प्रहरीले फोन नउठाएको रावलले गुनासो गरे ।

कोटेश्वर प्रहरी कार्यालयमा फोन गर्दा पनि नउठेको र अन्तिममा हनुमानढोका प्रहरीलाई फोन गर्दा मात्रै उठेको उनले बताए । रावलले घटनाको ४५ मिनेटपछि मात्रै प्रहरी घटनास्थल आएको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री