मंगलबार, ११ वैशाख २०८१

गोसाइँकुण्ड केबुलकार निमार्ण प्रक्रिया अघि बढाईदै, प्रतिवेदन मन्त्रिपरिषद्मा लैजाने तयारी

समयपोष्ट २०७८ वैशाख २ गते ११:२२

Advertisement

ज्ञानेन्द्र न्यौपाने
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले बहुचर्चित धुञ्चे–गोसाइँकुण्ड केबुलकार निर्माणको प्रस्ताव छिट्टै निर्णयमा पुग्ने बताउनुभएको छ ।

रसुवा रङ्गशाला एवं प्रथम गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिताको आज धुञ्चेमा उद्घाटनपश्चात् जनसमुदायलाई सम्बोधन गर्दै उहाँले भगवान शङ्कर गोसाइँ बाबा विराजमान रहनुभएको पवित्र तीर्थको धार्मिक यात्रा सहज पार्न धुञ्चे–गोसाइँकुण्ड केबुलकार निर्माणका लागि वातावरण विज्ञले तयार पारेको कार्यविधि प्रतिवेदन स्वीकृतका लागि छिट्टै मन्त्रिपरिषद्मा लाने तयारी भएको जानकारी दिनुभयो ।

समुन्द्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा अवस्थित पौराणिक धार्मिक एवं पर्यटकीयस्थलमा जिन्दगीभर एकपटक भए पनि पुग्नैपर्ने मान्यताअनुरूप भक्तजनलाई यात्रामा सहज पार्न गोसाइँकुण्ड गाउँपालिकाले केबुलकार निर्माणको प्रस्ताव अगाडि सारेको उक्त गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयो ।

एघार किमी छोटो दूरीको धुञ्चे–गोसाइँकुण्ड केबुलकार निर्माणका लागि गोसाइँकुण्ड गाउँपालिकाले विसं २०७५ देखि प्रक्रिया अगाडि बढाए पनि लाङ्टाङ राष्ट्रिय निकुञ्जको नीतिनियमले अलमल पारिराखेका अवस्थामा वन तथा वातावरणमन्त्रीको स्थलगत अवलोकनले अब पूर्णता पाउनेमा आम नागरिक विश्वस्त भएको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री