शनिबार, ८ वैशाख २०८१

नयाँ वर्षको अवसरमा स्मार्टडोकोले ल्यायो “स्मार्टडोको नयाँ वर्षको अफर”

समयपोष्ट २०७७ चैत ३१ गते २१:०८

Advertisement

स्मार्टडोको अनलाइन सपिगं प्लेटफर्मले २०७८ सालको उपलक्ष्यमा “स्मार्टडोको नयाँ वर्षको अफर” सार्वजनिक गरेको छ ।

अफर अन्र्तगत ग्राहकहरुले सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट र हिमालयन बैंकको कार्डबाट अनलाइन पेमेन्ट गर्दा २५ प्रतिशतसम्म क्यासब्याक पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार चार भाग्यशाली बिजेताहरुले कोन्का टिभी,१६ स्मार्टवच्, वेगा स्टाय्ण्ड फ्यान्,बाल्ट्रा स्लाइस् पप्–अप् टोस्टर प्राप्त गर्न सक्ने छन् ।

ग्राहकहरुले स्मार्टडोको मार्फत सामसुङ, भिडियोकोन, बाल्ट्रा, क्रेन, डाक्टर ब्राउन, सिजि, लिनरफ्लक्स्, हकिन्स्, सनप्ले, किड्स्को, फुलो, मामाअर्थ, पीसेफ् र नियो लाईफ जस्ता टप ब्राण्डका सामानहरु खरिद गर्न सक्नेछन् । साथै ग्राहकले भुक्तानीको लागि क्यास्, कार्ड, अनलाइन भुक्तानी, सेल्पे, ई–सेवा, मास्टर कार्ड बाट गर्न सकिनेछन् । यो अफर २०७८ बैसाख १ गते देखि ५ गते सम्म मात्र लागू हुँने कम्पनीले जनाएको छ ।

हालसालै नेपालमा सबैभन्दा बढी रेटिङ प्राप्त गरिसकेको स्मार्टडोकोले यसै नव वर्षको अवसरमा “स्मार्टडोको नयाँ वर्षको अफर” ल्याएको छ । कम्पनीले स्वास्थ्यसँग सम्बन्धि प्रडक्ट र होम एन्ड लिभिङ प्रडक्ट लगायतका कैयौं प्रडक्ट अनलाइनमा उपलब्ध गराएका समेत जानकारी दिएको छ ।

कम्पनीले रिङ्गरोड भित्र निःशुल्क डेलिभरी गर्दैआएको र यस नयाँ वर्षको अवसरमा नेपाल भरी मात्र रु. ५० मा डेलिभरी गर्ने जनाएको छ । कम्पनीले ग्राहकहरुलाई धेरैभन्दा धेरै सेवा दिने उद्देश्यले आकर्षक अफरहरु निरन्तर रुपमा ल्याउँदै आएको जनाएको छ ।

हामीले ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै ग्राहकका आवश्यकता अनुसारका प्रडक्टहरु ल्याउँदै आएका छौं । ग्राहकले सहज ढंगले सपिङ गर्न पाउन भन्ने उद्देश्य अनुरुप सेवा उपलब्ध गराइरहेका छौं’,आई.एम.एस. ग्रुपका प्रेसिडेन्ट तथा सि.ई.ओ दिकेश मलहोत्राले भने ।
रहने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री