बिहीबार, ६ वैशाख २०८१

ढाका टोपी लगाएर पुगेका भारतीय गृहमन्त्री शाहले भने- नेपालीहरुको सम्मानका लागि जोसूकैसँग लड्न सक्छौ

समयपोष्ट २०७७ चैत ३१ गते १६:२५

Advertisement

भारतका केन्द्रीय गृहमन्त्री अमित शाह ढाका टोपी लगाएर सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

मंगलबार पश्चिम बंगालमा आयोजित चुनावी सभामा नेपाली मूलका मतदाताको विश्वास जित्न ढाका टोपी लगाएका हुन् ।

दार्जिलिङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘गोरर्खालीहरु यहाँका हुन्, नेपालबाट आएका नेपालीहरु पनि मेरा आफ्ना दाजुभाइ हुन् । कसैले डर देखाउँछ भने नडराउनुस्, गोर्खालीहरु र नेपालीहरुको सम्मानका लागि भारतीय जनता पार्टी जोसूकैसँग लड्न सक्छ ।’

दार्जिलिङमा नेपाली मूलका मतदाताको बाहुल्यता छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री