मंगलबार, ६ चैत २०८०

नयाँ वर्ष मनाउदा स्वास्थ्य मापदण्ड ख्याल गर्न सेना प्रमुखको आह्वान

समयपोष्ट २०७७ चैत ३० गते २०:३१

Advertisement

स्थानीय नयाँ वर्ष मनाउदा कोरोना भाइरसबाट जोगिनका लागि स्वास्थ्य मापदण्ड ख्याल गर्न श्रीलङ्काका सेना प्रमुखले आह्वान गर्नुभएको छ ।

कोरोनाभाइरसको महामारी फैलिँदै गइरहेका बेला श्रीलङ्कामा नयाँ वर्ष मनाउन लागिएकाले ख्याल गर्न सेना प्रमुख शभेन्द्र सिल्भाले सोमबार आह्वान गर्नुभएको हो । कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि राष्ट्रिय कार्यदलका प्रमुखसमेत रहनुभएका सिल्भाले नयाँ वर्ष मनाउने नाममा होस् नपु¥याउँदा ठूलो क्षति हुनेतर्फ सबैको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले स्थानीय नयाँ वर्ष मनाउने बेलामा आपनाउनु पर्ने आठ निर्देशिका सरकारले जारी गरेको उल्लेख गर्दै त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । घरबाट बाहिर निस्केपछि पूरै समय सबैले मुखमा मास्क लगाउनुपर्ने, भीडभाडमा जानु नहुने, आफुले पनि भीडभाड गर्न नहुने निर्देशिकामा उल्लेख गरिएको छ । त्यसैगरी सामाजिक दूरी कायम गर्नुपर्ने, हातमा सेनिटाइजर लगाइरहनुपर्ने वा साबुन पानीले निरन्तर हात धोइरहनु पर्नेलगायतका मापदण्ड पनि निर्देशिमामा समावेश गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

श्रीलङ्कामा आगामी मङ्गलबार र बुधबार सिन्हाला र तमिल नयाँ वर्ष मनाइँदै छ । नयाँ वर्ष मनाउने क्रममा शुभकामना आदानप्रदान गरिने, एकै ठाउँमा धेरै जना भेला हुने, नाचगान गरिने, सँगसगै खानपीन गरिनेलगायतका गतिविधि गरिने भएकाले सतर्कता बढी अपनाउन अधिकारीहरुले आग्रह गरेका हुन् ।

श्रीलङ्कामा कोरोनाभाइरसका कारण अहिलेसम्म ९५ हजार १३१ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कूल सङ्क्रमितमध्ये दुई हजार ९०२ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने ५९८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री