बिहीबार, १३ वैशाख २०८१

थप ५५९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

समयपोष्ट २०७७ चैत ३० गते १७:१२

Advertisement

पछिल्लो २४ घण्टामा थप ५५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

४३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १५९ जना, त्यसपछि ललितपुरमा ४४ र बाँकेमा ४१ जना थपिएका छन् । नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअवधिमा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३०५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३८ जना निको भएका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । त्यस्तै, नेपालमा सक्रिय संक्रमितको संख्या ३३०६ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री