शुक्रबार, ७ वैशाख २०८१

किङ्गस लाउञ्जमा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट

समयपोष्ट २०७७ चैत ३० गते १४:१५

Advertisement

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग स्थित किङ्गस् लाउञ्ज बीच सिटिजन्स बैंकका कार्ड बाहकहरुलाई विशेष छुट दिने समझदारी भएको छ । किङ्गस् लाउञ्जसँगको यो सहकार्य पश्चात् सिटिजन्स बैंकका कार्ड बाहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको जनाएको छ ।
साथै बैकले हालै डलर कार्डको सुरुवात पनि गरेको छ । जसअन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बैैंकको खातामा रहेको नेपाली रूपैयाँलाई सटही गरी बार्षिक ५०० अमेरिकी डलर बराबरसम्मको रकम कार्डमा लोड गर्न सक्नेछन् । यसरी लोड गरिएको रकम बिदेशी मुद्रामा अनलाइनमार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री