बिहीबार, १३ वैशाख २०८१

शिक्षण संस्था तत्काल बन्द नगर्न सरकारलाई सरोकारवालाहरुको सुझाव

समयपोष्ट २०७७ चैत ३० गते १२:०६

Advertisement

सरोकारवालाहरुले शिक्षण संस्थाहरु तत्काल बन्द नर्गन सुझाव दिएका छन् । शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा सहभागीहरुले स्वास्थ्य मापदण्ड पालना गरेर शिक्षण संस्था सुचारु राख्न सुझाव दिएका हुन् ।

सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताउँदै स्वास्थ्य मापदण्ड तथा कोभिड प्रोटोकल पालना भए–नभएकोबारे बेला बेलामा स्थानीय तहबाट अनुगमन गर्नुपर्ने, शिक्षक तथा विद्यार्थीले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर शैक्षिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

छलफलमा सहभागी एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाका अनुसार विद्यालयहरुमा स्वास्थ्य सुरक्षाका सबै प्रावधानलाई कडाइका साथ लागू गरेर शिक्षण संस्था सुचारु राख्न सबै पक्ष सहमत भएका छन् । छलफलमा आएका सुझावहरुलाई जस्ताको तस्तै सरकार समक्ष पुर्‍याउने मन्त्रिपरिषदबाट आवश्यक निर्णय हुने मन्त्रालयका अधिकारीहरुले बताएका छन् । आज मन्त्रिपरिषद बैठक बस्दै छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री