आइतबार, २ जेठ २०७८

राष्ट्र बैंकले १० अर्ब बराबरको ट्रेजरी बिल विक्री गर्ने

समयपोष्ट २०७७ चैत २९ गते २०:१९

Advertisement

नेपाल राष्ट्र बैंकले रु १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचना मार्फत सोमबार उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्न लागिएको जनाएको छ ।

Advertisement

त्यसमा रु आठ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ । सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्ब २५ करोडको टे«जरी बिल भने १८२ दिनका लागि हो । सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ । बैंकले यसअघि यही चैत २३ गतेसमेत रु २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री