शुक्रबार, ७ वैशाख २०८१

कालिमाटी फलफूल तथा तरकारी बजार, माछापोखरीमा बैंक अफ काठमाण्डूको क्यु आर कोड सेवा

समयपोष्ट २०७७ चैत २७ गते १५:१४

Advertisement

बैंक अफ काठमाण्डू लिमिटेडले कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी क्यु आर कोड सेवाको सुरुवात् गरेको छ ।

शुक्रबार एक कार्यक्रमकाबिच नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले क्यु आर कोड सेवाको समुद्घाटन गर्नुभएको हो ।

उक्त कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्याल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको उपस्थिती रहेको थियो ।

उक्त औपचारिक शुभारम्भ कार्यक्रममा राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कडेंलले फलफूल तथा तरकारी खरिद गरी डिजिटल तवरले क्यु आर कोड स्क्यान गरी भुक्तानी गर्नुभयो ।

उक्त कार्यक्रममा राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कडेंलले डिजिटल तवरले भुक्तानी गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू लिमिटेड र कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले यस नगद रहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडी बढाई रहेको जानकारी गराउनुभयो ।

साथै, उक्त कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्यालले डिजिटल भुक्तानी प्रणालीको व्यवस्थापनमा सहयोग गरेकोमा बैंक अफ काठमाण्डू लिमिटेडको प्रशंम्सा तथा धन्यवाद ज्ञापन गर्नुभयो ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री