मंगलबार, ४ वैशाख २०८१

नयाँ वर्षमा वल्र्डलिंकको ‘हर्षको नयाँवर्ष’ अफर : ८० एमबीपीएस सम्मको प्याकेज लिदाँ ६२ प्रतिशतसम्म छुट

समयपोष्ट २०७७ चैत २७ गते १५:०६

Advertisement

नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक वल्र्डलिंक कम्युनिकेसन्सले नयाँ वर्ष २०७८ लाई लक्षित गरी ‘हर्षको नयाँवर्ष’ अफर ल्याएको छ ।

अफर अन्र्तगत ग्राहकहरूले बाह्र महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिदाँ ६२ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

यो बाह्र महिने अफरमा २०, ४० वा ८० एमबीपीएस प्याकेजमध्ये एक मात्र लिँदा पनि हाम्रा ग्राहकहरूले बाह्रै महिना नेट टीभीको सेवा निःशुल्क पाउने कम्पनीले जनाएको छ । यसमा तीन महिना नेट टीभी प्राइम प्याकेज उपलब्ध हुँने छ, जसमा फिल्म हेर्न सकिनेछ । वाईफाईको उत्कृष्ट अनुभवका लागि डुएल ब्यान्ड राउटर सित्तैंमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यससँगै जडान, वायरिङ, युट्युब र अन्य सामग्रीको सुविधासहित सेटअप बक्स पनि निःशुल्क हुनेछ ।

‘नयाँ वर्ष उत्सवको समय भएकाले हामी आफ्ना नयाँ तथा पुराना ग्राहक महानुभावहरूले सामान्यतः शुल्क लाग्ने सेवाहरूमा बढीभन्दा बढी छुटसहित तीव्र गतिको इन्टरनेटको आनन्द उठाउनुहोस ्भन्ने चाहन्थ्यौं,’ वल्र्डलिंकका अध्यक्ष दिलीप अग्रवाल भन्नुहुन्छ, ‘हाम्रा प्रिय ग्राहकहरूको खुशीका लागि हामी निरन्तर क्रियाशील रहिआएका छौं । यही सचेतताका कारण, ग्राहक महानुभावहरू आफ्ना घरबाहिर पनि अनलाइन रहन सक्नुहोस् भनि हामीले नेपालभर १० हजारभन्दा बढी हटस्पटहरूको सिर्जना गरेका छौं । यो नयाँ वर्षले हाम्रा आदरणीय ग्राहकहरूका लागि उत्साहजनक धेरै नयाँ सामग्री र सेवा ल्याउनेछ, ताकि हामी ग्राहकहरूको जीवनलाई थप प्रभावकारी र सुखमय बनाउन सकौं ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री