शनिबार, ८ वैशाख २०८१

सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँट

समयपोष्ट २०७७ चैत २७ गते ११:४३

Advertisement

सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट भएको छ ।

योग्य आवेदकबाट २ लाख ६९ हजार ७०० जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएको निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । योग्य आवेदकबाट १२ लाख ९० हजार १०२ जनाकाे हाल खाली भएका छन् ।

कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५३० आवदकबाट शेयर माग भएको थियो । त्यसमध्ये १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको थियो भने ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री