शुक्रबार, १६ चैत २०८०

राष्ट्रिय वाणिज्य बैंकद्धारा नेपाल प्रहरी अस्पताललाई क्यु आर कोड र पिओएस मेसिन मेसिन हस्तान्तरण

समयपोष्ट २०७७ चैत २६ गते २०:२५

Advertisement

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पतालको ३७औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई क्यु आर कोड र पि ओ एस मेसिन हस्तान्तरण गरेको छ ।

प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीको समुपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरिक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा.आशा सिंहलाई उक्त समारोहमा आज क्यु आर कोड र पि ओ एस मेसिन हस्तान्तरण गर्नुभएको हो ।

प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीहरुले नगदको सट्टा विद्युतीय भुक्तानीका साधन क्यु आर कोड र पि ओ एस मेसिनबाट भुक्तानी गर्न सक्नेछन् ।

यससंगै अब समारोहमा प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले राष्ट्रिय वाणिज्य बैंकले यसअघि पनि मानवता सम्बन्धि पुनित कार्यमा रक्तसंचार केन्द्र निर्माण गर्न प्रहरी अस्पतालाई सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आधुनिक बैंकिङ्ग सेवा दिन बैंक संधै तत्पर रहेको र स्वास्थ्य उपचारको लागि सेवाग्राहीहरुले अब नगद बाकेर हिड्नु नपर्ने जानकारी गराउनुभयो ।

बि.स. २०४० सालबाट शुरु भएको नेपाल प्रहरी अस्पतालले प्रहरी कर्मचारीहरु तथा सर्वसाधारण नागरिकको उपचार गरिरहेको छ । प्रहरी अतिरिक्त महानिरिक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा.आशा सिंहको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्राविधिक प्रहरी नायब महानिरिक्षक डा.रामकृष्ण राजभण्डारीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।
कार्यकममा पूर्व प्रहरी महानिरिक्षकहरु, अस्पतालका पूर्व मेडिकल डाइरेक्टरहरु, उच्च प्रहरी अधिकृतहरु, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, विभागीय प्रमुख सरोज बस्नेत, प्रहरी कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री