शनिबार, ८ वैशाख २०८१

बढ्यो कोरोनाको जोखिम : ९ बजेपछि रात्रीकालीन व्यवसाय र रेस्टुरेन्ट खोल्न प्रतिबन्ध

समयपोष्ट २०७७ चैत २६ गते ११:३५

Advertisement

कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि सञ्चालन गर्न नदिने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले बेलायत भेरियन्टको संक्रमण बढेको र छिमेकी मुलुक भारतमा जोखिम बढिरहेकोले जनस्वास्थ्य मापदण्ड अपनाउन पनि आग्रह गरेको छ । जनस्वास्थ्य मापदण्ड नअपनाउने र मास्क प्रयोग नगर्नेलाई संक्रामक रोग ऐनबमोजिम कारबाही गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई मन्त्रालयले अनुरोध गरेको छ । त्यसैगरी संक्रमणको अवस्था हेरी ठूला सहरमा ५०० भन्दा बढी र साना सहरमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवगमनमा कडाइ गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ‘बढी भीडभाड र जोखिम बढ्न सक्ने स्थानहरु जस्तै विद्यालय, सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब , धार्मिक स्थलहरुमा कडाइका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेका छन् ।’ त्यसैगरी संक्रमण बढी जोखिम हुन सक्ने स्थानहरुमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन मन्त्रालयले अनुरोध गरेको छ ।

नेपालमा बुधबार थप २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । हालसम्म कोेरोना संक्रमण हुनेकोे संख्या २ लाख ७८ हजार ७ सय ६८, मृत्यु हुनेको संख्या ३ हजार ३८ र निको भएर गएका को संख्या २ लाख ७३ हजार ५ सय २९ छ । हाल सक्रिय संक्रमित को संख्या २ हजार २ सय ४ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री