बुधबार, ५ वैशाख २०८१

राष्ट्र बैंककी निर्देशक रेग्मी पक्राउ : किर्ते हस्ताक्षर गरेर आमाको ६ करोड बढी रकम निकालेको आरोप

समयपोष्ट २०७७ चैत २३ गते १२:३१

Advertisement

आमाको किर्ते हस्ताक्षर गरेर रकम निकालेको आरोपमा राष्ट्र बैंककी निर्देशक सुष्मा रिमाल रेग्मी पक्राउ परेकी छिन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार रेग्मीलाई पक्राउ गरेको हाे ।

रेग्मीविरुद्ध ९ महिनाअघि उनकै ८४ वर्षीया आमाले प्रहरीमा उजुरी दिएकी थिइन्। रेग्मी राष्ट्र बैंकको संस्थागत योजना तथा जोखिम ब्यवस्थापन विभागमा कार्यरत छिन्। उनीमाथि आमाको सहमति बेगर बैंक लकरमा राखेको धनमालका साथै नगद समेत प्रयोग गरेको आरोप छ।

छोरी सुष्मा र ज्वाइँ कमल रेग्मीले पाठेघर क्यान्सरले थला परेकी ८३ वर्षीय शोभा रिजालको माछापुच्छ्रे बैंक खाताबाट ६ करोडभन्दा बढी रकम कीर्ते हस्ताक्षर गरी निकालेको आरोप लागेको थियो । सुष्माका श्रीमान कमल भने नेपाल सरकारका सहसचिवबाट अवकाश प्राप्त कर्मचारी हुन् ।

माछापुच्छ्रे बैंक र विराटनगरको सिर्जना फाइनान्समा रहेको खाताबाट कीर्ते सही गरी आफ्नै छोरीले ६ करोडभन्दा बढी रकम निकालेको उजुरी लिएर शोभा रिजाल महानगरीय प्रहरी परिसर टेकु, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पटक पटक धाएकी थिइन् ।

तर, प्रहरीलाई राष्ट्र बैंकको धम्की दिएर उनले उन्मुक्ति पाउँदै आएकी थिइन् । काठमाडौं प्रहरीमा अशोक सिंह आएपछि उनले सुष्मालाई पक्राउ हाे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री