बुधबार, १२ वैशाख २०८१

लकडाउनमा पनि नेशनल लाइफ इन्स्योरेन्सले गर्यो १ करोड ८४ लाखको बिमा भुक्तानी

समयपोष्ट २०७७ वैशाख १८ गते २१:०३

Advertisement

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लकडाउनको अवधिमा पनि बिमितहरुलाई डिजिटल माध्यमवाट विविध बिमा सेवा उपलब्ध गराउँदै आएको छ ।

सोहीअनुसार यस अवधिमा कम्पनीले पूर्णावधि दावी (Maturity Claim) वापत रु. एक करोड ८४ लाख ४१ ह्जार नौं सय ८५ रकम बिमितलाई भुक्तानी गरेको छ ।

कम्पनीले डिजिटल प्रविधिवाट बिमा शुल्क भुक्तानी लिने र बिमितलाई अन्य सेवा सुविधा समेत उपलब्ध गराइरहेको छ ।

इन्स्योरेन्सले आफ्नो सम्पूर्ण कर्मचारीहरुको कोरोना (कोभिड १९) रोग वापत एक वर्षको लागि बिमा गरेको छ ।

सो रोग लागेको पीसीआर प्रविधिवाट प्रमाणित भएमा तुरुन्त बिमाङ्क रकम प्रदान गर्ने ब्यवस्था रहेको छ । यसवाट कम्पनीमा कार्यरत कर्मचारीहरुको मनोवल उच्च हुने र ब्यवसायमा सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री