शुक्रबार, १६ चैत २०८०

बालबालिकालाई रेडियो मार्फत अध्यापन गराइने

पिटिआई २०७७ वैशाख १४ गते १७:४७

Advertisement

भारतको काश्मिर क्षेत्रका बालबालिकालाई रेडियो मार्फत अध्यापन गराइने भएको छ ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले लकडाउन गरेकाले उनीहरुलाई रेडियो मार्फत अध्यापन गराउनु परेको हो ।
भारतले देशव्यापी लकडाउनको घोषणा गरेदेखि नै भारतका सबैजसो विद्यालय बन्द रहेकाले बालबालिकाहरु अध्ययन कार्यबाट बञ्चित भएका छन् ।

अत्यधिक धेरै विद्यार्थीहरु माझ एकैचोटी पुग्ने सजिलो र प्रभावकारी माध्यम नै रेडियो भएकाले रेडियो मार्फत् अध्यापन गराउन लागिएको अधिकारीहरुले जनाएका छन् ।
भारतको विद्यालय शिक्षा विभागले अर्को हप्तादेखि रेडियो मार्फत् अध्यापन गराउने तयारी थालिएको जनाएको छ ।

अधिकारीहरुका अनुसार शिक्षकले अल इन्डीया रेडियो मार्फत् अध्यापन गराउने छन् भने तोकिएको समयका विद्यार्थीहरुले घरमै बसेर पढ्न सक्नेछन् ।
काश्मिरको विद्यालय शिक्षा निर्देशनालयले यसअघि गत मार्च २६ देखि नै दूरसञ्चार केन्द्रको काश्मिर च्यानल मार्फत् पनि अध्यापन गराउँदै आएको छ ।
तर कतिपय विद्यार्थीहरु टेलिभिजनको पहुँचमा नभएकाले उनीहरुलाई समेत हुनेगरी रेडियो मार्फत् पनि अध्यापन गराउनु परेको हो ।
निर्देशनालयले तयार पारेका शैक्षिक सामग्रीहरु रेडियो, टेलिभिजनसँगै युट्युव, निर्देशनालयको वेभसाईट लगायत विभिन्न विद्युतीय माध्यमहरुबाट पनि विद्यार्थीहरुसम्म पु¥याउने प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् ।
काश्मिरका विद्यालय शिक्षा निर्देशक मोहम्मद युनिस मलिकले लकडाउन जति लम्बिदै गएपनि विद्यार्थीहरु पठनपाठनबाट पूर्ण रुपमा बञ्चित हुन नपरोस् भनेर पर्याप्त शैक्षिक सामग्रीहरु तयार पारेर विद्यार्थीहरुको पहुँचमा पु¥याउन अनेक उपायहरु गरिएको बताउनुभयो ।
लकडाउनमा भएका बेला विद्यार्थीहरुले पढ्ने सामग्रीको अभाव नहोस भनेर नै यस्तो व्यवस्था गरिएको उहाँको भनाई छ ।
भारतको जम्मु र कश्मिर राज्यमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितहरुको कुल संख्या ४९४ पुगेको छ भने ती मध्ये छ जनाको मृत्यु भएको छ । त्यसैगरी अरु ११२ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार कोरोना भाइरसका कारण देशभरी मृत्यु हुनेको संख्या ८२५ पुगेको छ । त्यसैगरी कुल सङ्क्रमितको संख्या २६ हजार ४९६ पुगेको छ । कुल सङ्क्रमित मध्ये २१३ जना पछिल्लो २४ घण्टामा सङ्क्रणको पुष्टि भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री