बिहीबार, १३ वैशाख २०८१

कोरोना बीमाको औपचारिक शुभारम्भ, समितीका अध्यक्षले गरे परिवारकै बीमा

समयपोष्ट २०७७ वैशाख ७ गते १७:४७

Advertisement

कोरोना बीमाको औपचारिक रुपमा शुभारम्भ भएको छ ।

बीमा समितीले सुरु गरेको नयाँ बीमा पोलिसीको शुभारम्भ आइतबार बीमा समितीका अध्ययक्ष चिरञ्जिवी चापागाईले पहिलो बीमा पोलिसी खरीद गरेर गरेका हुन् । अध्ययक्ष चापागाईले आफू सहित आफ्नो परिवारका लागि पहिलो बीमा पोलिसी खरिद गरेका हुन् ।

बीमा समितीमा आयोजित कार्यक्रममा जीवन बीमक संघका अध्ययक्ष दीप प्रकाश पाण्डेले अध्ययक्ष चापागाईलाई बीमा पोलिसी हस्तान्तरण गरे ।

 

कोरोना बीमाको शभारम्भ कार्यक्रममा समितीका अध्ययक्ष चापागाईले कोरोनाबाट जनतालाई राहत दिन आजबाट कोरोना भाईरस बीमाको औपचारिक सुुरुवात गरेको बताए । उनले कोरोना भाईरस बीमा नेपाली समाजलाई बीमा क्षेत्रले दिएको सहयोग भएको उल्लेख गरे । कार्यक्रममा अध्ययक्ष चापागाईले भने,’ समाज प्रति बीमा क्षेत्रको सामाजिक दायित्व पनि छ । वास्तवमा महामारीको बीमा हुँदैन । यो सबैलाई थाहा हुँदा हुँदै पनि मानविय संकटका बेला सिंगो बीमा क्षेत्रले कसरी सहयोग गर्न सक्छ भनेर छलफल भयो । तत्पश्च्यात नेपाली बीमा कम्पनी,पुर्न बीमा कम्पनी सहितको हाम्रो आफ्नो क्षमतासहितको पोलिसी जारी गरेका हौ’ ।

 

 

कोरोना बीमाको औपचारिक शुभाराम्भ कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डे, महासचिव चंकी क्षेत्री, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा बीमा समितिका कर्मचारीहरु, निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत/प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री