शुक्रबार, ७ वैशाख २०८१

कोरोना बीमा गर्न बीमा समितिको निर्देशन

समयपोष्ट २०७७ वैशाख ४ गते १८:०४

Advertisement

नेपालमा कोरोना संक्रमण अझै फैलन सक्ने संभावनालाई मध्येनजर गर्दै बीमा समितिले सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुलाई कोरोना भाइरस बीमालेख जारी गर्न निर्देशन जारी गरेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलद्धारा आज जारी गरिएको निर्देशनमा कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न उक्त निर्देशन जारी गरिएको उल्लेख छ ।

विशेष गरी ग्रामीणस्तरसम्म न्यून आय भएका वर्गलाई समावेश गर्ने उद्देश्यले दुई श्रेणीको कोरोना बीमालेख जारी गर्न निर्देशन गरिएको हो । रु. १ लाखको बीमाङ्क अन्तरगत बीमा गर्दा प्रति व्यक्ति १ हजार रुपियाँ बीमा शुल्क कायम गर्ने तर परिवारका सबैको बीमा समावेश भएमा प्रति व्यक्ति रु. ६ सय बीमा शुल्क कायम गर्ने निर्णय भएको छ । ५० हजार रुपियाँको बीमाङ्क अन्तरगत बीमा गर्दा प्रति व्यक्ति ५ सय रुपियाँ बीमा शुल्क कायम गर्ने तर परिवारका सबैको बीमा समावेश भएमा प्रति व्यक्ति रु. ३ सय बीमा शुल्क लिइने छ ।

कोरोना भाइरस बीमाको व्यवस्थापन लघु बीमा अन्तरगत लघु बीमा पुल मार्फत गरिने र उक्त बीमालेखहरु जारी गर्दा कृषि बीमा तथा घुम्ती बीमाका लागि तोकिएका जिल्लामा कार्यरत बीमा कम्पनीहरुले अनिवार्य रुपमा कार्यान्वयन गर्नु पर्ने निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री