शुक्रबार, १६ चैत २०८०

एशियन लाईफ इन्स्योरेन्सको ई-क्यालेण्डर सार्वजनिक

समयपोष्ट २०७७ वैशाख ३ गते १८:१२

Advertisement

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ई-क्यालेण्डर सार्वजनिक गरेको छ । ई क्यालेण्डर कम्पनीको बेभसाइटको लिंक https://www.asianlife.com.np/calendar बाट डाउन लोड गर्न सकिनेछ ।

क्यालेण्डरमा मन्त्री परिषद्बाट स्वीकृत सार्वजनिक बिदाको साथै पञ्चाङ समितिबाट स्वीकृत गरिएको तिथी मिति लगायतको उपयोगी जानकारीहरु समावेश गरिएको छ । साथै कम्पनीको शाखा उपशाखाको सम्पर्क नम्बर समेत क्यालेण्डरमा रहेकोले यसबाट सम्बन्धित सबैलाई सहज हुने विश्वास गरिएको छ ।

मिति २०७६÷१२÷२१ बाट संचालनको १३ औं वर्षमा प्रवेश गरेको यस कम्पनीले चालू आ.व.(फाल्गुन मसान्तसम्म)मा कूल रु.२ अर्ब ९९ करोड बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यसैगरी कम्पनीले हालसम्म ५ लाख ४ हजार भन्दा बढी बीमालेखको बिक्रीबाट आ.व. ७६÷७७ को फाल्गुनसम्ममा कूल बीमाशुल्क रु.२१ अर्ब ६० करोड संकलन गरेको छ । कम्पनीको कूल लगानी रु.२१ अर्ब र जीवन बीमा कोष रु.२० अर्ब रहेको छ । कम्पनीको रु. ५ अर्ब अधिकृत पूँजी र रु.२ अर्ब १ करोड चुक्ता पूँजी रहेको छ । देशैभर रहेका १३६ वटा शाखा÷उपशाखा मार्फत् कम्पनीले बीमितलाई जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

‘लक डाउन’ को अवधीमा बीमित, जीवन बीमा अभिकर्ता तथा सम्बन्धित सबैको सुविधाको लागी जीवन बीमा सेवा, बीमा शुल्क भुक्तानी तथा दाबीका लागि देहायको व्यवस्था गरिएको छ ।

१) हाल भुक्तानी गर्नु पर्ने किस्ता रकम भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुने र बैशाख मसान्तसम्म बीमाशुल्क भुक्तानीमा ब्याज नलाग्ने व्यवस्था गरिएको जानकारी गराउँदछौं ।

२) तिर्न बाँकी नियमित बीमा शुल्क ई सेवाको वेभसाइट वा एप्समार्फत् अनलाइन भुक्तानी गर्न सकिनेछ ।

३) नविकरण बीमाशुल्क बीमालेख नम्बर, बीमितको नाम, ठेगाना र मोबाइल नम्बर स्पष्ट रुपमा उल्लेख गरेर यस कम्पनीको एनआइसी एशिया बैंक लि. मा रहेको खाता नं. 2941 000 6875 24052, ग्लोबल आइएमई बैंक लि.मा रहेको खाता नं C 9080 10000 50 वा एभरेष्ट बैंक लि. रहेको खाता नं. 04400 1052 00039 मा अनलाइन ट्रान्सफर वा सम्बन्धित बैंकको शाखाबाट पनि जम्मा गर्न सकिनेछ ।

४) बीमालेख, बीमाशुल्क भुक्तानी, बीमा दाबी तथा अन्य आवश्यक जानकारीको लागी मोबाइल नम्बर 9801150012 वा 9801150015 मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री