शुक्रबार, १६ चैत २०८०

अनलाइन कक्षा सञ्चालन गर्दै विद्यालय

समयपोष्ट २०७६ चैत २८ गते १६:४६

Advertisement

सरकारले घोषणा गरेको लकडाउनको समयमा विद्यार्थीहरु घरमा नपढेपछि चितवनमा रहेका विद्यालयले विद्यार्थीलाई केन्द्रित गर्दै अनलाइन कक्षा सञ्चालन गरेका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा एसइई परीक्षा दिने तयारीमा २२४ विद्यालयका ११ हजार २५४ रहेका छन् । विद्यार्थी र शिक्षकको समय मिलाएर हरेक दिन कुनै एक समयमा अनलाइन कक्षा सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । एक दिन एउटा विषयको पढाइ हुने गरेको सुवेदीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कडाउनको समयमा विद्यार्थी घरमा पढ्न नमानेको गुनासो आउन थालेपछि विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका हुन ।” अनलाइन कक्षा सञ्चालनका लागि एपमार्फत विद्यार्थीलाई जोडेर पढाइने गरिएको छ । अझै पनि केही विद्यार्थी सो एपभन्दा बाहिर रहेका कारण उनीहरुलाई पनि सम्पर्कमा ल्याउन खोजिएको उहाँले जानकारी दिनुभयो ।

लकडाउनको समयभर विद्यार्थीलाई शिक्षकले फोनमार्फत निगरानी गरिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “इन्टरनेटको सुविधा भएका स्थानमा अनलाइन कक्षा सञ्चालन गरिएको छ भने अन्य स्थानमा मोबाइलबाट निगरानी गरिएकोछ ।” विद्यार्थी परीक्षाको तयारीबाट बिचलित नहुन भनेर विद्यालयले शिक्षकलाई यसको जिम्मेवारी दिएको सुवेदीले बताउनुभयो । लकडाउनको समयमा विद्यार्थीले पढेनपढेको बुझ्नका लागि अभिभावकसँग पनि नियमित सम्पर्क बढाउन लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री