बिहीबार, १३ वैशाख २०८१

कोभिड-१९ ले हजारौँको ज्यान लिन थालेपछि बेलायती सुन्दरी चिकित्सा पेसामा ब्याक

समयपोष्ट २०७६ चैत २५ गते १५:१४

Advertisement

अघिल्लो बर्षकी मिस ब्रिटेन भाषा मुर्खर्जीले डाक्टरको रुपमा आफ्नो पेशा शुरु गरेकी छन् ।

संसारभरी महामारीको रुपमा फैलिरहेको कोरोनाले हजारौँको ज्यान लिन थालेपछि चिकित्सा पेशा छाडेर सामाजिक कार्य गर्दै आईरहेकी मुखर्जी आफ्नो पेशामा फर्किएकी हुन् ।

२४ बर्षीया उनी च्यारीटी वर्कका रुपमा बाहिर काम गर्दै आएकी थिईन् ।  महामारी फैलन थाले पछि बेलायतमा फर्किएर सुन्दरी भाषा मुखर्जीले डाक्टरको रुपमा काम शुरु गरे पछि उनको प्रशंसा भईरहेको छ ।

मलाई अफ्रीका, टर्की, भारत , पाकिस्तान लगायत धेरै एशियाली देशमा बोलाईएको थियो , तर कोरोनाको महामरीका बेला मैले बेलायत फर्किएर चिकित्सा पेशा फेरी शुरु गर्ने निधो गरे मुखर्जीले भनिन् । उनी ९ बर्षको उमेरमा भारतको कोलकत्ताबाट बेलायतको डर्बीमा गएकी थिईन् र मिस बेलायतको ताज पहिरन सफल भएकी थिईन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री