शुक्रबार, १६ चैत २०८०

नेपाल पुनर्बीमा कम्पनीको साधारण सेयर भोली बाँडफाँट

समयपोष्ट २०७६ चैत २५ गते १४:३९

Advertisement

नेपाल पुनर्बीमा कम्पनीको साधारण सेयर बाँडफाँट हुँने भएको छ । साधारण सेयर चैत २६ गते बुधबार बाँडफाँट हुँने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध आरबीबी मर्चेन्टका अनुसार लकडाउन लम्बिएपछि बुधबार बिहान ७ः३० बजे साधारण सेयर बाँडफाँट गर्न लागिएको हो ।

कम्पनीको आईपीओमा माग भन्दा ३.६८ गुणा धेरै आवेदन परेको छ । ४ लाख ९ हजार ७२२ जनाले आवेदनबाट ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार रुपैयाँ बराबरको ५ करोड ७५ लाख ४७ हजार ३५० कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीले चैत ४ गतेदेखि प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन खुला गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री