शुक्रबार, १६ चैत २०८०

सन्राइज बैंकद्घारा व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ वितरण

समयपोष्ट २०७६ चैत २४ गते १८:०२

Advertisement

सन्राइज बैंकले भक्तपुर क्यान्सर अस्तपताल र तिल गंगा आखाँ अस्तपतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ वितरण गरेको छ ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि बैंकले पिपिइ दिएको हो ।

सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले भक्तपुर क्यान्सर अस्तपतालका मेडिकल निर्देशक प्रोफेसर डा.ऋषिकेश नारायण श्रेष्ठलाई १५ थान पिपिइ र ५०० थान माक्स हस्तान्तरण गर्नुभयो । साथै तिल गंगा आखाँ अस्तपतालमा पनि ५ थान पिपिइ बैंकका प्रमुख कार्यकारी अधिकृतले हस्तान्तरण गर्नुभयो ।

हालसम्म बैंकले सातै प्रदेशमा रहेको विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी पिपिइ उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री