शनिबार, ८ वैशाख २०८१

कोभिड-१९ त्रास: फलफूल, तरकारी तथा ग्यास सिलिन्डरलाई कसरी सुरक्षित बनाउने ? यस्तो छ डाक्टरको सुुझाव

समयपोष्ट २०७६ चैत २४ गते ८:५१

Advertisement

विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वका विभिन्न देशमा गरी ६४ हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संसारभरी १२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा २ लाख ४६ हजार जना उपचारपछि घर फर्किएका छन् भने ८ लाख ९१ हजार व्यक्ति हाल उपचारारत छन् ।

यस रोगसंग लड्न मानिसहरु आफैले सावधानी अपनाउन जरुरी छ । त्यसको लागि रोगसंग लड्ने शक्ति बढाउनको लागि अतिरिक्त पोषिलो खाना खाने गर्नुपर्छ ।

खानामा हरियो सागसब्जी, अमिला फलफुल, दाल, क्वाँटी, दुध, दही, अन्डाको साथै भिटामिन बि,बि ६,बि १२, जिंक,माछाको तेल,मल्टी भिटामिन ट्याब्लेट र क्याप्सुल नियमित सेवन गर्दा जोखिम घट्छ । तथा तनाब नलिने गर्दा रोगसँग लड्ने क्षमता बढ्छ ।नियमित खाने यी खाद्य सामाग्रीहरु बाहिरबाट खरीद गर्नुपर्ने हुँदा यस्ता खाद्य पदार्थ समेत किटाणुबाट सुरक्षित हुँन जरुरी छ । हरियो ,सागपात ,फलफुल,ग्यास सिलिण्डर लगायतलाई कसरी सुरक्षित बनाउँने त ? डाक्टर रविन्द्र पाण्डेले यसबारे बताएका टिप्सहरु यस्ता छन् –

– हातमा पंजा लगाएर सुरक्षितरूपमा ग्यास ल्याउने | उक्त ग्यासलाई घरबाहिर साबुनपानीले सफा गर्ने | त्यसपछि ओभानो गरेर स्प्रिट वा डेटोल पानीले सफा गर्ने | अनि आधा घण्टा घाममा राखेर घरभित्र ल्याउने | हात राम्रोसंग धुने |

– दाल, चामल लगायतका सामान ल्याएपछि सबैभन्दा बाहिरको प्याकिंग निकाल्ने | त्यसलाई नष्ट गर्ने | ती बोरा वा झोलालाई आधा घण्टा घाममा राख्ने |

– तरकारी तथा फलफुल ल्याएको प्लास्टिकको झोला नष्ट गर्ने, आफुले साबुनपानीले हात धुने | तराकारी तथा फलफुललाई २० मिनेटदेखि आधा घण्टा सम्म घाममा राख्ने | त्यसपछि बांटामा राख्ने | बाँटामा मनतातो पानी राख्ने | त्यसमा खाने सोडा वा नुन वा कागतीको रस वा भिनेगार राख्ने | तरकारी, फलफुल सफा गर्ने Vaggy wash भए झन् राम्रो | आधा घण्टापछि धारोको पानीमा ( Running Water ) मिचिमिची सफा गर्ने | अनि सुक्खा राख्ने | यसरी प्रयोग गर्दा सुरक्षित हुन्छ | खानेकुरामा शरीरलाई हानि गर्ने केमिकल मिसाउनु हुँदैन | यो बाहेक क्लोरिन पानी / पियुषको केहि थोपा राखेर सफा गर्न पनि सकिन्छ |

– प्याकेट, बोरा, झोलालाई स्यानिटाइजर वा ब्लीच पानीले पनि सफा गर्न सकिन्छ | केहि विज्ञको मत यो छ कि मनतातो पानीले राम्रोसंग सफा गरेब्लीच मिसाउनु पर्दैन भनेका छन् भने केहि विज्ञले चिसोपानिले राम्रोसंग धोए पनि हुने बताएका छन् | यो आफ्नो आफ्नो ठाउँको अभ्यासमा भर पर्दछ |

– आलु, स्याउ, गाजर लगायत कडा सतह भएका फलफुल तथा तरकारीलाई चिसो पानीमा राखेर भेजिटेबल ब्रस वा नरम ब्रसले सफा गर्न सकिन्छ भने गोलभेंडा, च्याउ आदिलाई पानीमा डुबाएर हातले बिस्तारै सफा गर्न सकिन्छ | अझ सुरक्षित हुनको लागि बेकिंग सोडा राखेर सफा गर्न सकिन्छ |

– फलफुल तथा तरकारीलाई काट्नु अघिं राम्रोसंग धुनु जरुरी छ |

– सकभर बोक्रा ताछेर खानु सुरक्षित हुन्छ | त्यस्तै बन्दा, प्याज, काउली आदिको बाहिरको पत्र निकालेर खानु बढी सुरक्षित हुन्छ |

– खानेकुरा सफा गर्ने, काट्ने तथा पकाउने मान्छे सफा तथा निरोगी हुनुपर्दछ | रुघाखोकी तथा ज्वरो आएको व्यक्तिले भान्साको काम गर्नुहुँदैन |

– तरकारी, फलफुल तथा अन्य खानेकुरा सफा गर्दा यसलाई ठूलो रुपमा गम्भीर हुनु जरुरी छैन | माथि उल्लेख गरेका उपायमध्ये आफुसंग उपलब्ध बिधि अपनाउने हो | सबैभन्दा उपयुक्त बिधि भनेको पटक पटक हात धुने हो | सरसफाईमा ध्यान दिने हो |

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपी पछिल्लो चरणमा संयुक्तराज्य अमेरिका सहित युरोपेली मुलुकहरुमा यस भाइरसका कारण भयावह स्थिति उत्पन्न भएको छ ।

हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा १५ हजार ३६२ जनाको मृत्यु भइसकेको भने १ लाख २४ हजार भन्दा बढी सङक्रमित छन् । स्पेनमा ११ हजार ९४७ जनाको मृत्यु भएको छ भने १ लाख २६ हजार भन्दा बढीसङक्रमित रहेका छन् ।

कोरोनाभाइरसको अर्को केन्द्रका रुपमा विकास भइरहेको संयुक्तराज्य अमेरिकामा ८ हजार ४५४ जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजार भन्दा बढी सङक्रमित छन् ।

कोरोनाभाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३२९ जनाको मृत्यु भएको छ भने कूल संक्रमित ८१ हजार ६६९ जनामध्ये करिब ७७ हजार व्यक्ति निको भएर घर फर्किएका छन् ।

जर्मनीमा कोरोनाभाइरसको सङ्क्रमणको कारण १ हजार ४४४ जना, फ्रान्समा ७ हजार ५६० जना, बेलायतमा ४ हजार ३१३ जना नेदरल्यान्ड्समा १ हजार ६५१ जना र बेल्जियममा १ हजार २८३ जनाको मृत्यु मृत्यु भइसकेको छ ।

इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण ३ हजार ४५२ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा १८३ व्यक्तिको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री