शुक्रबार, १४ वैशाख २०८१

आइसोलेसन बेड निर्माण गर्न शिवम् सिमेन्टको आर्थिक सहयोग

समयपोष्ट २०७६ चैत २३ गते २१:१५

Advertisement

शिवम् सिमेन्ट लिमिटेडले ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्न वितरण तथा क्वारेन्टाइनको लागि १० वटा आइसोलेसन बेड बनाउन आर्थिक सहयोग गरेको छ ।

शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मकवानपुर स्थित उद्योग परिसर वरिपरि रहेका हेटौंडा उप–महानगरपालिकाका वार्ड नं. ६, १६ र १७मा सोही वडाका जनप्रतिनिधिहरु सँगको समन्वयमा ३८० घर परिवारलाई खाद्यान्न वितरण सम्पन्न गरेको हो । यसका साथै मकवानपुर गढी गाउँपालिकामा आइसोलेसन बेडसहितको १० बेडको क्वारेन्टाइन बनाउन समेत आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

केही दिन देखि देशमा जारी लकडाउनका कारण सबै नेपालीको दैनिक जिवन प्रभावित भएको छ । कोभिड १९ को संक्रमण फैलने क्रमलाई नियन्त्रण गर्न लक डाउन मात्र एक उपाय भएकोले यो अझ लम्विन सक्ने सम्भावना देखिएको छ ।

यस लकडाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबै भन्दा पिडित हुने र दैनिक हातमुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकोले यस क्षेत्रका उक्त परिवारहरुको दैनिकी सहज होस् भनि खाद्यान्न वितरण गरिएको तथा आगामी दिनहरुमा समेत स्थानिय तहसँगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने उद्योग प्रमुख नवलकिशोर चौधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री