शुक्रबार, ७ वैशाख २०८१

कामना सेवा विकास बैंकद्वारा विभिन्न ठाउँमा राहत वितरण

समयपोष्ट २०७६ चैत २३ गते १८:५०

Advertisement

कामना सेवा विकास बैंक लिमिटेडले मानव सेवा आश्रम बुटलमा आश्रित १३० जना सडक बालबालिका तथा असहाय व्यक्तिहरुलाई खाद्य सामाग्री वितरण गरेको छ ।
बैंकले राहत स्वरुप चामल, दाल, चिउरा, तेल लयागतका विभिन्न खाद्य सामग्रीहरु प्रदान गरेको हो ।

बैंकका सञ्चालक भिम प्रसाद तुलाचन तथा बुटवल क्लष्टर प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा उक्त राहत सामग्री आईतबार सेवा आश्रमका संयोजक सरु अधिकारी र सह संयोजक टीकामाया थापालाई हस्तान्तरण गर्नु भएको हो ।

संयोजक अधिकारीले विपतको बेलामा बैंकले गरेको सहयोग प्रति धन्यवाद दिनु हुंदै अन्य संघ संस्थाहरुले समेत सहयोगका हात अगाडि बढाउने आशा गरेको बताउनु भयो ।

यसै गरी लकडाउनको कारण दैनिक ज्याला मजदुरी गर्ने परिवार तथा न्यून आय भएका व्यक्तिहरुलाई समेत बैंकले खाद्य सामाग्री सहयोग गरेको छ। आजै बैंकले बुटवल उप–महानगरपालिका वडा नंं. ७ का अध्यक्ष कमल थापा मार्फत खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।

यसै गरी सुर्खेत जिल्ला वीरन्द्रनगर नगरपालिका वडा नंं. ७ लाई रु ६४ हजार बराबरका चामल, दाल, नुन, तेल लगायतका खाद्य साम्रगी हस्तान्तरण गरेको छ । बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि पीडित तथा विपन्न वर्गलाई राहत मिल्ने विश्वास बैंकले लिएको छ ।

यसै गरी बैंकले आजै कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नंं. १ गुगौली स्थित आगो लागिबाट पीडित २५ घर परिवारलाई राहत स्वरुप लत्ताकपडा वितरण गरेको छ । यही चैत २१ गते भिषण आगो लागिबाट २५ घर जली नगद, लत्ता कपडा, भाँडाकु सहित सम्पूर्ण सामानहरु नष्ट भएका थिए । बैंकका बुटवल क्लष्टर प्रमुख खिमलाल भुसालले उक्त राहत सामग्री वितरण गर्नु भएको थियो ।

साथै, बैंकले भण्डारखाल तथा पशुपति क्षेत्र आसपासमा रहेका बाँदर तथा कुकुरहरुलाई स्याउ, केरा, चोकोपाई, बिस्कुट लगायतका फलफुल तथा खाद्य वस्तुहरु खुवाउने प्रवित्र कार्य गरेको छ । जयबागेश्वरी युवा क्लबको संयोजन र सहकार्यमा बैंकका नायव महाप्रन्धक हरी प्रसाद लम्साल लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा फलफुल तथा खाद्य सामाग्रीहरु वितरण गरिएको थियो । बैंकले लगातार ५ दिनसम्म यस ठाउँमा रहेका बाँदर तथा कुकुरहरुलाई खाना खुवाउने निर्णय गरेको छ । लकडाउनको यस विषम परिस्थितिमा मानिसहरुमा आश्रित यि जनावरहरु खानाको अभावमा छट्पटाइ रहेका थिए । यस पवित्र कार्यको लागि बैंकका सम्पूर्ण कर्मचारीहरुले १ दिन बराबरको तलब योगदान गरेका थिए ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित १२३ वटा शाखा कार्यालयहरु तथा ६५ वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । साथै बैंकले इन्टर्नेट बैंकिंक,मोवाईल बैंकिंग भि फाइभ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री