शुक्रबार, ७ वैशाख २०८१

जीवन बदल्ने सूत्र हो एनएलपी

गोविन्द ज्ञवाली, आधिकारिक प्रशिक्षक, अमेरिकन बोर्ड अफ एनएलपी

समयपोष्ट २०७६ चैत २३ गते १५:१३

Advertisement

नकारात्मक सोच एउटा शैली बनेर हामी र हाम्रो जीवनलाई अलग किसिमले अल्झाइरहन्छ । जे पनि हुन्न होला, यो कारणले गर्न मिल्दैन, भनेर आफ्नो बारेमा र आफ्नो वातावरणका बारेमा नकारात्मक सोच पैदा गर्नु हो ।

एनएलपी भनेको के हो ?

व्यवहारका आधारमा कुनै पनि व्यक्तिको व्यक्तित्व पत्ता लगाउने र त्यसको विकास गर्न सिकाउने कला नै एनएलपी हो । यो आफूभित्र लुकेको प्रतिभा खोज्ने साधन पनि हो । हाम्रो शरीरमा पाँच ज्ञानेन्द्रिय छन् । आँखाले हेर्ने काम गर्छ, कानले सुन्ने काम गर्छ, छालाले महसुस गर्छ, नाकले गन्ध थाहा पाउँछ र जिब्रोले स्वाद थाहा पाउँछ । एनएलपीले प्रतिपादन गरेको सिद्धान्त भनेको यी पाँच ज्ञानेन्द्रियबाट जम्मा भएका जानकारी जे छन् सत्य त्यही हो । यी ज्ञानेन्द्रियले नै बाहिर अन्तक्र्रिया गर्छन्, त्यसबाट प्राप्त जानकारी दिमागमा राख्छ र दिमागले त्यसलाई आफ्नो भाषामा ढालेर बुझ्छ । त्यही भाषा अनुसार मान्छेले व्यवहार प्रदर्शन गर्छ । त्यसलाई कसरी बुझ्ने भन्ने कुरा व्यक्तिमा निर्भर हुन्छ । कोही हेरेर र कोही सुनेर बुझ्छन् । सुनेर बुझ्ने भनेको विश्लेषण गर्न सक्ने क्षमता भएको मान्छेले मात्र हो । जुन मैले आफ्नो भाषामा ढालेर व्यवहार प्रदर्शन गर्ने कुरा गरेँ । त्यो भाषा कसरी रुपान्तरण हुन्छ भने तपाईंले बोलेका शब्द ७ प्रतिशत, बोल्दाको बोलाइ, उचाइ र शैली ३८ प्रतिशत, शैली र दिने भाषा ५५ प्रतिशत हो । यो मानिस यस किसिमको मान्छे हो ? मैले किनभने भन्दा उसको ५५ प्रतिशत जानकारी पाउन उसले बोल्नैपर्दैन । उसको शरीरले नै दिइरहेको हुन्छ । संसारमा यी पाँच ज्ञानेन्द्रियले जानकारी लिन्छन्, त्यो भाषामा परिणत हुन्छ, भाषामा परिणत भएपछि त्यसले व्यवहार गर्छ र त्यही व्यवहार वर्षौं दोहोरिँदा त्यसले एउटा ढाँचा/शैली समात्छ । त्यहीँ शैलीलाई प्रोग्रामिङ भनिन्छ । सवारीसाधन किन्दा पनि त्यसमा म्यानुअल हुन्छ । त्यस्तै मानिसको जीवनमा पछि म्यानुअल हुन्छ । म्यानुअल थाहा पाउन उसको दिमागले कसरी काम गर्छ अर्थात् मान्छेले आफ्नो बारेमा, अरूको बारेमा थाहा पाउने र आफ्नो बारेमा बढी बुझेर बढी केन्द्रित हुने नै एनएलपी होे ।

मानिसलाई अपेक्षाको पहाडले थिचिरहेको हुन्छ । जुन कुरा सन्तुष्टिका बाधक हुन् । यही लोभको सागर र अपेक्षाको पहाडले गर्दा नै धेरैको जीवन अहिले तनावपूर्ण अवस्थाबाट गुज्रिने गरेको छ ।

एनएलपीले कोही कसैको पनि जीवन र लक्ष्य सार्थक बनाउन मद्दत गर्छ । मानिसलाई अपेक्षाको पहाडले थिचिरहेको हुन्छ । जुन कुरा सन्तुष्टिका बाधक हुन् । यही लोभको सागर र अपेक्षाको पहाडले गर्दा नै धेरैको जीवन अहिले तनावपूर्ण अवस्थाबाट गुज्रिने गरेको छ । मानिसलाई यही तनावपूर्ण स्थितिबाट माथि उठाउन जोन ग्रिन्डर र रिचर्ड ब्यान्डलरले सन् १९७० को दशकमा धेरै सफल मानिसमाथि अध्ययन गरेर यो सिद्धान्त प्रतिपादन गरेका हुन् । यो अध्ययनका क्रममा उनीहरूले एउटा जिज्ञासाको खोजी गरेका थिए । वातावरण यही, देश यही, उपलब्ध साधन र स्रोत यही हुँदा पनि कोही ज्यादै सफल हुन्छन् भने कोही तुलनात्मक रूपमा धेरै पछि हुन्छन् । कोही ज्यादै खुसी हुन्छन् भने कोही ज्यादै दुःखी हुन्छन् । यसको के कारण हुनसक्छ ? खुसी हुने किन धेरै खुसी हुन्छन् ? दुःखी हुने किन धेरै दुःखी छन् ? यही जिज्ञासाको उत्तर हो एनएलपी । समग्रमा जीवन बदल्ने सूत्र नै एनएलपी हो ।

 

एनएलपीले सोच परिवर्तन गर्न कसरी मद्दत गर्छ ?

कुनै सफल व्यक्तित्वको विशेषता आफूमा ल्याउन यो निकै सहयोगी हुन्छ । एनएलपी मोडलिङको उपकरण हो । जसले दिमागमा भएको नकारात्मक सोच हटाइदिन्छ । मानिसलाई मुलतः ५ प्रकारका नकारात्मकताले आक्रान्त बनाइरहेको हुन्छ । यसमा पहिलो नकारात्मक भावना हो, जुन बिछोड, धोका, सानै हुँदा पाउने चोट, भावनामा लागेको ठेस, कसैले दिएको नकारात्मक प्रतिक्रिया, पारिवारिक संवेदना, परिवार भित्रको संवेदना आदि पर्दछन् ।

विश्वास भनेको जीवन चलाउन हामीले गरेको प्रमुख अनुमान हो । त्यसले हाम्रो जीवनमा गलत काम गरिरहेको हुन्छ । त्यस्तो विश्वास जस्तो सूर्य पूर्वबाट उदाउँछ भन्ने विश्वास कहिल्यै परिवर्तन हुन सक्दैन तर त्यो बाहेक कुनै व्यक्ति, काम, पेसा, समाज, देश, परिवार, विद्यार्थी, विकास निर्माण, अन्तर्राष्ट्रिय समुदाय लगायतका विषयमा राखेका धारणा परिवर्तन हुन सक्छन् ।

दोस्रो भनेको नकारात्मक सोच हो, जुन एउटा शैली बनेर हामी र हाम्रो जीवनलाई अलग किसिमले अल्झाइरहन्छ । जे पनि हुन्न होला, यो कारणले गर्न मिल्दैन, भनेर आफ्नो बारेमा र आफ्नो वातावरणका बारेमा नकारात्मक सोच पैदा गर्नु हो । नकारात्मक सोचले हाम्रो मानसिक स्वास्थ्यमा हानि पु¥याउँछ । हामीले थाहा नपाई यसले हाम्रो काम, सम्बन्ध, हाम्रो व्यक्तिगत प्रभावलाई असर पारिरहेको हुन्छ ।
तेस्रो भनेको हाम्रो क्षमतालाई कुनै न कुनै तरिकाले परिधिभित्र राख्ने काम हो । विश्वास सीमित गर्ने, जसले जीवनमा अर्को कुनै कार्य क्षेत्रको छनोट गर्न कठिन हुन्छ जस्तै मैले यो जागिर छाडे भने मलाई बाच्न गाह्रो पर्छ । मेरो क्षमता यति मात्र हो, अर्को कामका लागि मेरो योग्यता पुग्दैन भन्ने । जस्तो पीएचडी गर्न जानुछ भने पहिले नै भ्याउँदिन, सबै अङ्ग्रेजीमा हुन्छ, सक्दिन भनेर पन्छिनु । हाम्रो जीवन सबै विश्वासले चलेको हुन्छ । हामीले लिमिटिफ बिलिफलाई अर्को भाषामा लिमिटिफ डिसिजन पनि भन्छौँ । जस्तो तपाईं इमानदार भइयो भने पैसा कमाउन सकिन्छ भन्नुहुन्छ । त्यसमा चुनौती हुन्छन् । कसैले होइन इमानदार भएर पैसा कमाउन सकिँदैन भन्यो भने तपाईंमा एक किसिमको विश्वास बढाउँछ । विश्वास भनेको जीवन चलाउन हामीले गरेको प्रमुख अनुमान हो । त्यसले हाम्रो जीवनमा गलत काम गरिरहेको हुन्छ । त्यस्तो विश्वास जस्तो सूर्य पूर्वबाट उदाउँछ भन्ने विश्वास कहिल्यै परिवर्तन हुन सक्दैन तर त्यो बाहेक कुनै व्यक्ति, काम, पेसा, समाज, देश, परिवार, विद्यार्थी, विकास निर्माण, अन्तर्राष्ट्रिय समुदाय लगायतका विषयमा राखेका धारणा परिवर्तन हुन सक्छन् । हामी युनिभर्सल कुरा स्वीकार गरिदिन्छौँ तर अन्य कुरालाई हाम्रो दिमागमा राख्दा यो यही नै हो भनेर विश्वास सीमित गरेर राखिदिन्छौँ । जस्तो मेरी आमाले पढ्नुभएको छैन । आमाले पढ्नै सक्नुहुन्न भन्ने मेरो जुन धारणा छ त्यो मैले गरेको लिमिटिफ डिसिजन हो । लिमिटिफ बिलिफ आएपछि त्यो डिसिजन गरिएको हो ।

यी पाँच तत्वलाई कुने हिसाबले धेरै कमजोर बनाइसकेपछि वा हटाइसकेपछि आफ्नो लक्ष्यतर्फ अग्रसर हुने मार्ग प्रशस्त हुन्छ । त्यसका लागि लक्ष्यतर्फ अग्रसर हुने कार्य योजना चाहिन्छ र निश्चित रूपमा कार्यान्वयन गरेमा उद्देश्य प्राप्त गर्न नसक्ने कुरै हुँदैन ।

चौथो भनेको आन्तरिक द्वन्द्व हो । यो गरौँ वा त्यो गरौँ, यो रोजौँ वा त्यो रोजौँ, व्यापार गरौँ वा जागिर, नेपालमा बसौँ वा विदेश जाऔँ, यही जागिरमा बसौँ वा परिवर्तन गरौँ भन्ने व्यक्ति भित्रको द्वन्द्व हो । पाँचौँ खराब बानी व्यहोरा हो, यसमा विशेष गरी आफूले गर्नुपर्ने काममा वा लक्ष्यमा कार्यान्वयन नगर्ने शैलीलाई बुझ्नुपर्छ । कार्यान्वयन नगर्ने भनेको आफू र आफ्नो लक्ष्यप्रति विश्वास नगर्दा हो ।
एनएलपीले यी पाँच नकारात्मक तत्व हटाई हामीलाई एउटा ताजा सुरुवात दिन्छ । यी पाँच तत्वलाई कुने हिसाबले धेरै कमजोर बनाइसकेपछि वा हटाइसकेपछि आफ्नो लक्ष्यतर्फ अग्रसर हुने मार्ग प्रशस्त हुन्छ । त्यसका लागि लक्ष्यतर्फ अग्रसर हुने कार्य योजना चाहिन्छ र निश्चित रूपमा कार्यान्वयन गरेमा उद्देश्य प्राप्त गर्न नसक्ने कुरै हुँदैन । सबै त्यही नै एनएलपीले दिने उपहार हो ।

एनएलपी तालिममा के–के सिकाइन्छ ?

एनएलपीभित्र एउटा तालिम र अर्को कोचिङ हुन्छ । कोचिङ बाह्रदेखि १४ घण्टाको हुन्छ । कुनै व्यक्तिगत समस्या छ भने एनएलपीकोे तौरतरिका मार्फत समाधान गर्न मद्दत गरिन्छ । यसमा मैले कुनै नयाँ चिज होइन तपाईं आफैँभित्र भएको बेस्ट चिज छानेर दिने हो । जस्तो तपाईंसँग कुनै दिन यस्तो पनि थियो होला जब तपाईंमा बढी आत्मविश्वास, लगनशीलता थियो होला । म बाह्रदेखि चौध घण्टाको क्लासमा म सर्टेन टुल्स एन्ड टेक्निकको प्रयोग गरेर तपाईंलाई ती कुराको याद दिलाइदिन्छु । तपाईको लक्ष्यप्रति जागरुक बनाइदिएर अरूको दिमागले कसरी काम गर्छ । आफ्नो दिमागले कसरी काम गर्छ चिन्ने बनाइदिन्छु । साथै त्यो समयमा तपाईंलाई एउटा नयाँ र आत्मविश्वासी मान्छे बनाएर पठाउन सक्छु ।

एनएलपी कोचिङ व्यवसायी, विद्यार्थी, शिक्षक, अभिभावक सबैका लागि आवश्यक छ । हार्वर्डले गरेको अध्ययन अनुसार आज विश्वमा सबैभन्दा खुसी मानिस भनेको त्यो हो जसको सम्बन्ध राम्रो छ ।

एनएलपी ट्रेनिङमा एनएलपीका आधारभूत कुरा सिकाइन्छ । एनएलपीको बेसिक कम्युनिकेसनका कुरा, नेगेटिभ थट्स हटाउने, स्टोरी टेलिङका कुरा, अन्य मानिसलाई अन्डर स्ट्यान्डिङ गर्ने कुरा, अरूसँग सम्बन्ध विस्तार गर्ने कुरा, एनएलपीका सिद्धान्त लगायत एनएलपीसँग सम्बन्धित कुराको औजार र तरिकाका बारेमा सिकाइन्छ । एनएलपी कोचिङ व्यवसायी, विद्यार्थी, शिक्षक, अभिभावक सबैका लागि आवश्यक छ । हार्वर्डले गरेको अध्ययन अनुसार आज विश्वमा सबैभन्दा खुसी मानिस भनेको त्यो हो जसको सम्बन्ध राम्रो छ । आमाबुबा, छोराछोरी, श्रीमान्, श्रीमती, साथीभाइ, आफन्त लगायतका, अफिसका कर्मचारी, हाकिम लगायतसँग कस्तो सम्बन्ध कसरी बनाउने त्यो एनएलपी ट्रेनर अर्थात् मलाई थाहा छ । त्यसकारण एनएलपीको ज्ञान प्राप्त गरिसकेपछि यसले अरूलाई बुझ्न ज्यादै मद्दत गर्छ । त्यसले तपाईंको कम्युनिकेसन, कुरा गराइ इफेक्टिभ बनाउन मद्दत गर्छ ।

तालिम लिएका मान्छे परिवर्तन हुन कति समय लाग्छ ?

जीवनमा परिवर्तन नै हुन नचाहनेका लागि यो तालिम होइन । कोही आफ्नो लक्ष्यप्रति जागरुक छन् र केही गर्न चाहन्छन् भने यो तालिमले काम गर्छ । यो तालिम लिइसकेपछि त्यसलाई आत्मसात गर्नुपर्छ । एनएलपी भनेको टुल र टेक्निक हो । यसलाई राख्ने कि चलाउने त्यो तपाईंको कुरा भयो । राखे यसले काम गर्छ नभए गर्दैन । एनएलपी कोचिङमा जो मान्छेले कोचिङ लिन्छ । उससँग याक्सन प्लानसँगै बसेर बनाइन्छ । तपाईंले अबको छ महिनामा यो गर्ने भनेर प्लान बनाएपछि उसले त्यही अनुसार काम गर्दा सफल नहुने भन्ने हुँदैन ।

त्यसलाई व्यहारमा कसरी उतार्ने ?

प्रत्येक क्षेत्रमा माथि उल्लेख गरिएका ती पाँच तत्व बाधक हुन् । जब तिनीहरूलाई परास्त गरिन्छ र नयाँ योजनाका साथ अघि बढिन्छ, फेरि अगाडि बढ्ने र उद्देश्य प्राप्त गर्ने औजार हामीलाई एनएलपीले दिन्छ ।

– आफ्नो र अर्काका बारेमा अवचेतना मस्तिष्कले दिएको सूचना प्रवाह गर्ने ।
– सम्बन्ध विस्तार गर्ने
– आफूले के गर्दा कुनै समस्या/ समाधान बुझिन्छ त्यसतर्फ अग्रसर हुने ।
– प्रभावकारी सूचना ग्रहण र प्रवाहको तरिका थाहा पाउने ।
– व्यक्तिको विशेषता अनुसारको शैली छनोट गर्ने र वार्तालाप गर्ने वा समस्या समाधानमा केन्द्रित हुने ।
– जीवनमा रहेका धेरै समस्या/उद्देश्यलाई एकीकृत गर्ने ।
– दैनिक जीवन, कार्यस्थल, परिवार एवं समाजमा आफ्नो प्रभाव बढाउने ।
– कसरी प्रभावित गर्ने, कसरी प्रभावित नहुने ? कसरी उद्देश्यसँगको सम्बन्ध स्थापित गर्ने त्यसमा जागरुक बन्ने ।
– विश्वासमा परिवर्तन ल्याउने कलाको प्रयोगात्मक तरिका थाहा पाउने ।

यी सबै परीक्षण आज प्रत्येक व्यक्तिलाई चाहिन्छ । विशेषगरी व्यवस्थापकीय पदमा बस्ने, प्रशासन, सेना, प्रहरी, व्यापारी, उद्योगी, विद्यार्थी, उद्यमी, व्यवस्थापक, मानव संसाधन व्यवस्थापक, अभिभावक, शिक्षक, कर्मचारी, उच्चपदस्थ अधिकृत सवैलाई अत्यावश्यक छ । यसमा रुचि हुनेले इन्टरनेटमा पनि यसका बारेमा हेर्न, पढ्न र सुन्न सक्नुहुन्छ । त्यसपछि हामी स्म्पर्कमा आउँदा हामी मद्दत गर्छौं । यस सम्बन्धमा थप जानकारीका लागि abh-abnlp.com  अमेरिकन बोर्ड अफ एनएलपीको आधिकारिक वेबसाइटमा पनि एबीएनएपीका संसार भरिका आधिकारिक प्रशिक्षकको नामावली पनि हेर्न सकिन्छ ।

बजारमा यसको माग कत्तिको छ ?

आम समुदायसँग जोडिन एनएलपी ज्यादै आवश्यक छ । यो आफ्नो भविष्यको योजनाप्रति प्रतिबद्ध जुनसुकै पेसा, व्यवसाय र तहका मानिसका लागि महत्वपूर्ण छ ।

यो अलि महँगो खालको कोर्स हो । मैले बेसिक कोर्स गर्दा नै २१ सय डलर तिरेँ । यसका विभिन्न चरण हुन्छन् । एउटा म्यानेजर, डिपार्टमेन्ट हेड, लिडरका लागि कम्तीमा पनि दुई लेभलको तालिम आवश्यक हुन्छ । एनएलपी ट्रेनर नै हुन्छ भन्यो भने फेरि अलग कुरा भयो तर दुई लेभलको तालिमले आधारभूत आवश्यकता पूर्ति गर्छ । जस्तो एनएलपी प्राक्टिसनर र एनएलपी मास्टर प्राक्टिसनर भन्ने छ । यस तालिमका बारेमा धेरै मानिसले बुझ्न खोजिरहेका छन् । यसको माग बिस्तारै बढ्दै छ । पहिलो चोटी अमेरिकन कोड अफ एनएलपीबाटै मान्यता हुने खालको सर्टिफिकेट नेपालबाट मैले इस्यु गर्छु । त्यो सर्टिफिकेसन कोर्स होटल साङ्ग्रिलामा मार्च १२ देखि १६ सम्म गर्ने प्लान गरेको थिएँ । कोरोना भाइरस सङ्क्रमणको कारण त्यो हुन सकेन । यसपछि फेरि हामी नयाँ मिति तोकेर गर्छौ । विकसित देशमा अधिकृत लेभलका मानिसले कम्तीमा पाँच दिनको यो कोर्स गरेकै हुन्छन् । आम समुदायसँग जोडिन एनएलपी ज्यादै आवश्यक छ । यो आफ्नो भविष्यको योजनाप्रति प्रतिबद्ध जुनसुकै पेसा, व्यवसाय र तहका मानिसका लागि महत्वपूर्ण छ । हामी आफ्नो भविष्यका योजना पूरा गर्नेतर्फ जहिले पनि उद्दत हुन्छौँ । एनएलपीले त्यो लक्ष्य पूर्तिमा कसरी भूमिका खेल्छ त ? भन्ने जिज्ञासा पनि धेरैमा हुनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री