शुक्रबार, १४ वैशाख २०८१

मेटलाइफ फाउन्डेशनले कोभिड-१९ को रोकथामको लागि २५ मिलियन डलर सहयोग गर्ने

समयपोष्ट २०७६ चैत २३ गते १२:२०

Advertisement

वैश्विक महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड-१९ का कारण हाल विश्वमा प्रभावित समुदायहरूको समर्थनमा मेटलाइफ फाउन्डेशनले २५ मिलियन डलर सहयोग गर्ने घोषणा गरेको छ ।

मेटलाइफ फाउन्डेशनले प्रदान गर्ने अनुदानले सबै मेटलाइफका कार्यालय भएका क्षेत्रहरूमा विस्तार हुनेछ र दुबै छोटो तथा दीर्घकालीन राहतका प्रयासहरूलाई सम्बोधन गर्ने मेटलाइफले जनाएको छ ।

“सम्पूर्ण मानिसहरुको समर्थन र संरक्षण गर्नु नै मेटलाइफ व्यवसायको प्रमुख उद्देश्य हो । मेटलाइफ फाउन्डेशनले कोरोनाभाइरसबाट बढी प्रभावित समुदायहरूमा आफ्ना स्रोत तथा साधनहरूलाई परिचालित गरिरहेको छ। हामी जुन समुदायहरूमा काम गर्छौं, आज त्यो समुदायलाई हाम्रो साथ र सहयोगको धेरै आवश्यकता भएकोले हामी आफूले सक्ने जति सबै सहयोग गर्न अघि बढ्ने छौँ,” मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफले भने ।

मेटलाइफ फाउन्डेशनको प्रारम्भिक अनुदानले जरुरी आवश्यकताहरु भएका समुदाय र व्यक्तिहरुलाई तत्काल लागि चाहिने खानपीन, स्वास्थ्य सेवा, बाल हेरचाह र प्रत्यक्ष वित्तीय सहयोग गर्नेछ । मेटलाइफ फाउन्डेसनले आफ्ना विद्यमान साझेदारहरूसँग मिली कम आय आर्जन भएका मानिसहरूलाई र साना व्यवसायहरूको वित्तीय स्वास्थ्य निर्माण गर्न सहयोग र्पुयाउनुका साथै आवश्यकताहरूको छिटो प्रतिक्रिया दिन सधै अग्रसर रहने बताइएको छ ।

यस प्रतिबद्धताको एक हिस्साको स्वरूप, मेटलाइफ फाउन्डेशन र अन्य मेटलाइफका संस्थाहरुले एसिया, ईएमईए, ल्याटिन अमेरिका, र संयुक्त राज्य अमेरिकामा राहतको लागि ४ मिलियन डलर अनुदान दिने घोषणा समेत गरिसकेका छन् साथै कोरोना भाइरसको कारण, परिणाम स्वरूप युएस फूड बैंकहरुमा उत्पन्न भएको सेवाहरूको बढ्दो मागको सामना गर्न पनि मेटलाइफ फाउन्डेशन र अन्य मेटलाइफका संस्थाहरु सहयोग गर्न तत्पर रहेका छन्। ।

समयको अन्तरालसंगै मेटलाइफ फाउन्डेशनले विश्वव्यापी परिदृश्यलाई नजिकबाट निगरानी गर्नेछन र बाँकी रहेको कोषहरूलाई परिमार्जन गरी यस महामारीबाट मुक्त हुन र मद्दत गर्न भूमिका खेल्नेछन्। ।

मेटलाइफ फाउण्डेशनले आर्थिक स्वस्थता सबैको लागी हो भन्ने मान्यता राख्दछ । आर्थिक असक्षमता भएका समुदाय र मानिसको आर्थिक स्वस्थता वृद्धिका लागी यसले साहसी समाधान, गहिरो आर्थिक विशेषज्ञता र महत्वपुर्ण अनुदान उपलब्ध गराउँदछ । ठोस प्रभाव पार्ने प्रयत्नमा मेटलाईफका कर्मचारीलाई सहभागी गराई आर्थिक स्वस्थताको अभिबृद्धि तथा अझ सुदृढ समुदाय निर्माणका लागि मेटलाइफ फाउण्डेशनले विश्वका विभिन्न संस्थहरुसँग सहकार्य गर्दछ ।

कर्पोरेट योगदान र समुदायको सहभागिताको लामो परम्पराई निरन्तरता दिन मेटलाइफ फाउण्डेशन सन् १९७६ मा स्थापित भएको होे । मेटलाइफ फाउण्डेशनले स्थापनाकालदेखि सन् २०१८ को अन्त्य सम्ममा ८२२ मिलियन डलर अनुदानमा दिइसकेको छ भने मेटलाइफले काम गर्ने क्षेत्रमा सकारात्मक प्रभाव पार्न ८५ मिलियन डलरको योगदान दिइसकेको छ । आजको दिनसम्म हाम्रो वित्तिय स्वस्थताको कार्य ४२ देशका ९.९ मिलियन भन्दा बढी कम आय भएका व्यक्तिसम्म पुगसिकेको छ ।

MetLife, Inc. (NYSE: MET), आफ्ना सहायक र सम्बद्घ संस्थाहरु सहित (“MetLife”) बित्तिय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बीमा, एन्युटी (Annuities), कर्मचारी लाभ योजनाहरु र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुको बदलिंदो संसारलाई जीवनमा अगाडि बढ्न मद्घत गरिरहेको एक प्रमुख बित्तिय सेवा प्रदायक कम्पनी हो । सन् १८६८ मा स्थापित भएको MetLife, विश्वभर ४० भन्दा बढि बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एशिया, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री