बुधबार, १२ वैशाख २०८१

स्मार्टडोकोले सुुरु गर्यो किराना तथा अत्यावश्यक सामाग्रीको होम डेलिभरी सुुविधा

समयपोष्ट २०७६ चैत २२ गते १८:४७

Advertisement

अनलाइन शपिङ्ग मेगास्टोर स्मार्टडोकोले लकडाउनको समयमा किराना र आवश्यक वस्तुहरू डेलिभरी सुरु गरेको छ ।

ग्राहकहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै स्मार्टडोकोले सामानहरु घरमै डेलिभरी गर्न सुरु गरेको हो ।

स्मार्टडोकोले किराना सामान, बच्चाको सामान, ह्युमिडिफायरहरू, एयर प्यूरिफायरहरू र अन्य आवश्यक वस्तुहरू होम डेलिभरी गर्ने साथै यो सुविधा हाललाई काठमाडौं उपत्यकाभित्र मात्र रहेको जनाएको छ । ग्राहकहरूले कम्प्युटर वा ल्यापटप मार्फत t www.smartdoko.com लगइन गरी एनरोईड वा आई ओ एस बाट स्मार्टडोको एप्लिकेसन डाउनलोड गरी अर्डर बमोजिम होम डेलिभरीको सुविधा पाउनसक्नेछन् । स्मार्टडोको डेलिभरीमा नगद र कार्ड बाहेक सेलपे र ई–सेवा मार्फत कारोबार गर्न मिल्नेछ ।

सेलपे मार्फत लेनदेन गर्ने प्रत्येक ग्राहकलाई १० पिस मास्क उपलब्ध गराईने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री