शनिबार, ८ वैशाख २०८१

कुमारी बैंकका ग्राहकलाई दराजमार्फत बिगमार्टबाट सामान खरिद गर्दा १०% छुट

समयपोष्ट २०७६ चैत २२ गते ६:००

Advertisement

कोरोना महामारीले निम्त्याएको देशव्यापी लकडाउनको परिस्थिति र भौतिक बजारहरु पहुँचमा नभएको परिवेशलाई ध्यानमा राखी, कुमारी बैंक लिमिटेडले दराजमार्फत बिगमार्टमा खाद्यान्नलगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको खरिदमा १०% सम्मको आकर्षक छुटको प्रावधान गरेको छ ।

सो सहमतिपश्चात् कुमारी बैंकका डेबिट/ क्रेडिट कार्डवाहकहरुले दराजमार्फत बिगमार्टबाट आफूलाई चाहिने अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु झन्झट बिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन ।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम, डिजिटल÷अनलाइन बैंकिङ्ग सेवालगायत नगद काउन्टर, रेमिट्यान्सलगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री