बिहीबार, ६ वैशाख २०८१

जब लकडाउनका कारण फुपूको छोराको अन्तिम संस्कारमा समेत जान सकेनन् सलमान

समयपोष्ट २०७६ चैत २० गते १८:३४

Advertisement

सलमान खानका फुपूको छोरा अब्दुल्लाह (अबा) खानका २८ मार्चमा निधन भयो ।

अब्दुल्लाहको अन्तिम संस्कार इन्दौरस्थिती उनको गाउँमा भएको थियो तर सलमान खान यसमा सरिक हुन नपाएपछि अत्यधिक दुःखी भएको बताइएको छ ।

सलमानका म्यानेजर जोर्डी पटेलले बम्बे टाइम्ससँगको कुराकानीमा भने, ‘सलमान यतिबेला कोरोनाभाइरसका कारण भएको लकडाउनका कारण पनवेल फार्महाउसमा छन् तसर्थ उनी यात्रा गर्न सक्दैनन् । अब्दुल्लाहको अन्तिम संस्कार इन्दौरमा हुनेछ जहाँ उनी बस्दथे । सलमान पछि उनको परिवारलाई भेट्नेछन् ।’

के अब्दुल्लाहको मृत्यु कोरोनाभाइरसको संक्रमणका कारण भएको हो भनेर प्रश्न सोध्दा उनले भने, ‘उनको मृत्यु मुटुले काम गर्न बन्द गरेपछि र फोक्सोको संक्रमणका कारण भएको हो ।’ उनलाई अचानक सास फेर्न गाह्रो भएपछि मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री