शनिबार, ८ वैशाख २०८१

१७ वर्षको उमेरमै लागुऔषध दुव्यसनीमा फसेकी थिईन् कंगना

समयपोष्ट २०७६ चैत २० गते १८:१३

Advertisement

बलिउड अभिनेत्री कंगना रनौतले एक भिडियो सन्देशमार्फत लकडाउनको सयममा चिन्तित नहुन र डिप्रेशनजस्ता विरामीको शिकार नहुन सुझाव दिएकी छन् । उनले यो सयम जिवनको मुश्किल घडी भएको र यसलाई सकारात्मक रुपमा लिन आग्रह समेत गरेकी छन् । उनले मुश्किल समयले धेरै कुरा सिकाउने बताएकी छन् ।

यसै सिलसिलामा कंगनाले आफूले जिवनमा निकै मुश्किल समय पार गरेको बताउँदै भनेकी छन्, ‘डेढ/दुई वर्ष म स्टार थिएँ र एक लागूऔषध दुव्यसनी थिएँ । म यस्ता मानिसहरुको संगतमा फसेको थिएँ कि मलाई त्यसबाट बाहिर केवल मृत्युले मात्र ल्याउँन सक्थ्यो । यो सबै म १७ वर्षको हुँदा नै मेरो जिवनमा घटेको घटना थियो ।’

उनले यस्तो मुश्किल समयमा ध्यान, योग र साधना आदि गर्नुपर्ने जानकारी दिएकी छन् । जसबाट हरेक मुश्किल समयबाट बाहिर आउन सक्ने बताएकी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री