बुधबार, १२ वैशाख २०८१

मिडियाकर्मीमाथि आक्रमणका धम्की आउनु, अबैधरुपमा मिडियाका सामग्री हटाउन लगाउनु निन्दनीय : अध्यक्ष आचार्य

समयपोष्ट २०७६ चैत २० गते १०:१९

Advertisement

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले राज्यका महत्वपूर्ण निकायका जिम्मेवार व्यक्ति र ती निकटहरुवाट मिडियाकर्मीमाथि आक्रमणका धम्की आउनु, अबैधरुपमा मिडियाका सामग्री हटाउन लगाउनु निन्दनीय भएको बताएका छन् । उनले यस्ता कार्य नेपालको संविधालको मूल मर्म र भावना एवम् संघीय लोकतान्त्रिक गणतन्त्रसँग नमिल्ने पनि बताएका छन् ।

‘नेपालमा विद्यमान कानून अनुसार स्थापित मिडियामा आएका समाचार सामग्रीवारे चित्त नबुझे सम्वन्धित मिडियावाटै खण्डन गर्ने, पत्रकार आचार संहिता बमोजिम प्रेस काउन्सिलमा उजुरी गर्ने तथा अदालतमा कारवाहीका लागि निवेदन दिने कानूनी वाटो खुल्ला हुँदा हुँदै राज्यका महत्वपूर्ण निकायका जिम्मेवार व्यक्ति र ती निकटहरुवाट संकटमा अनेकौ जोखिमसँग जुध्दै जनतालाई सही सूचना प्रवाह र जनताका आवाज सार्वजनिक गरिरहेका मिडियाकर्मीमाथि आक्रमणका धम्की आउनु, अबैधरुपमा मिडियाका सामग्री हटाउन लगाउनु तथा नागरिकका संबैधानिक र कानूनी अधिकारलाई नजर अन्दाज गर्नु जस्ता कार्य निन्दनीय त हुन् नै यी नेपालको संविधालको मूल मर्म र भावना एवम् संघीय लोकतान्त्रिक गणतन्त्रसँग नमिल्ने कार्य हुन्’- उनले सामाजीक सञ्जाल फेसबुकमा लेखेका छन् – ‘संकटमा नागरिक अधिकार खोसेर निरंकुश सत्ता चलाउने तत्कालिन राजा र उनका अनुयायीलाई पछारेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका नेताहरुसँग लोकतान्त्रिक व्यवहार र जनपक्षीय निर्णयको अपेक्षा गर्नु कुनै अपराध हो र ?’

प्रतिक्रिया

सम्बन्धित सामाग्री