बिहीबार, १३ वैशाख २०८१

कुकरको सिट्ठीले दीपिकाको सातो लिएपछि…. (भिडियो सहित)

समयपोष्ट २०७६ चैत २० गते ९:२२

Advertisement

अभिनेत्री दीपिका पादुकोनलाई इन्डियन खाना बनाउन आउँदैन । आफूलाई घरमा खान मन लागेको पाउन भान्सेको भर पर्नु उनको बाध्यता हो ।

कोरोना भाइरसको संक्रमणका कारण भारत २१ दिनका लागि लकडाउनको अवस्थामा छ । यस्तो बेलामा अभिनेत्री दीपिकाले भान्सामा बस्ने अवसर पाएकी छन् ।

यतिबेला आफूले भान्सामा बसेर इन्डियन खाना बनाउन सिकिरहेको यी अभिनेत्रीले बताएकी छन्, ‘म यो लकडाउनको अवधिमा भारतीय खाना बनाउन सिक्दै समय बिताउन चाहन्छु । ताकि मलाई आँटा, बेसार, धनियाँ, जिरा, पुदिनाको फरक, स्वाद र महत्वबारे थाहा होस् ।’ अभिनेत्री दीपिकाले भनेकी छन् ।

खाना कपाउने क्रममा आफूलाई कुकरबाट निकै डर लागेको यी अभिनेत्रीले बताएकी छन् । खाना पकाउने क्रममा कुकरको सिट्ठी लाग्दा सुरुमा आफू तर्सेको अनुभव पनि यी अभिनेत्रीले सुनाएकी छन् ।

अहिले पनि कुकरमा सिट्ठी लाग्दा यी अभिनेत्रीलाई डर लाग्छ । खाना पकाउन सिक्ने क्रममा सुरुमा केही स्वाद बिग्रिए पनि बिस्तारै मिठो बनाउन सक्ने विश्वास यी अभिनेत्रीको छ ।

अभिनेता तथा आफ्ना पति रणवीर सिंहलाई आफ्नै हातले खाना पकाएर खुवाउने चाहना अभिनेत्री दीपिकाको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री